स्वास्थ्यमन्त्रीका सय दिन -कर्मचारी व्यवस्थापन कार्यको प्रारम्भ | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्रीका सय दिन -कर्मचारी व्यवस्थापन कार्यको प्रारम्भ


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा केही सुधार भएको दाबी गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा गरेको अवसरमा बिहीबार उपलब्धीहरू सार्वजनिक गर्दै उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको बताए । 

उनले सय दिनमा सम्पन्न कामको पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन् । 

पौडेलले कर्मचारी समायोजनको समयमा फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरूको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए । 

उनले एमडी, एमएस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकहरूलाई प्रादेशिक अस्पतालहरूमा काममा लगाइएको र प्रदेश तथा स्थानीय तहहरूमा दरबन्दीभन्दा बढी भएका स्वास्थ्यकर्मीहरूको समस्या समाधानको काम प्रारम्भ भएको समेत बताए ।

मन्त्री पौडेलले हैजा, डेंगी, झाडापखालालगायतका सङ्क्रामक महामारी तथा जनस्वास्थ्य विपद्हरूको पूर्वतयारी र प्रतिकार्यका लागि तीनै तहमा रहेका प्रतिकार्य टोलीहरू (इएमटीआर-आरटी) लाई सक्रिय बनाइएको जानकारी दिए । 

‘हामीले आएदेखि नै केही कुराहरू बुझ्नुपर्ने थियो । कार्ययोजनाहरू बनाउनुपर्ने थियो । नीतिगत स्वीकृतिका लागि तयारी गर्नुपर्ने भएकाले विषयहरूलाई बुझ्नका निम्ति केही समय लाग्यो,’ पौडेलले भने, ‘अब हामीले सुरुमै धेरै कुराहरू नबुझेका कारणले पहिलो तीन महिनामा जुन विषयहरू ल्याउन ढिलाई भयो, अबको तीन महिनामा यति ढिलो हुँदैन ।’

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ५ : ३० बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘छाब्दीबाराही’

दमौली– यहाँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर धार्मिक पर्यटकीय

भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौं– एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औँ संस्करणमा सहभागी हुन नेपाली

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख

प्रमुख सल्लाहकार युनुसद्वारा बङ्गलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन

ढाका- बङ्गलादेशका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले आगामी १३औँ राष्ट्रिय