स्वास्थ्यमन्त्रीका सय दिन -कर्मचारी व्यवस्थापन कार्यको प्रारम्भ « Khabarhub

स्वास्थ्यमन्त्रीका सय दिन -कर्मचारी व्यवस्थापन कार्यको प्रारम्भ


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा केही सुधार भएको दाबी गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा गरेको अवसरमा बिहीबार उपलब्धीहरू सार्वजनिक गर्दै उनले १६ क्षेत्रमा केन्द्रीत रहेर काम गरेको बताए । 

उनले सय दिनमा सम्पन्न कामको पहिलो नम्बरमा पहिलोपटक विषयगत समितिको बैठक बसेर समायोजनमा रहेको अलमल सम्बोधन गरेको उल्लेख गरेका छन् । 

पौडेलले कर्मचारी समायोजनको समयमा फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरूको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए । 

उनले एमडी, एमएस गरी विशेषज्ञता हासिल गरेका स्थानीय तहका चिकित्सकहरूलाई प्रादेशिक अस्पतालहरूमा काममा लगाइएको र प्रदेश तथा स्थानीय तहहरूमा दरबन्दीभन्दा बढी भएका स्वास्थ्यकर्मीहरूको समस्या समाधानको काम प्रारम्भ भएको समेत बताए ।

मन्त्री पौडेलले हैजा, डेंगी, झाडापखालालगायतका सङ्क्रामक महामारी तथा जनस्वास्थ्य विपद्हरूको पूर्वतयारी र प्रतिकार्यका लागि तीनै तहमा रहेका प्रतिकार्य टोलीहरू (इएमटीआर-आरटी) लाई सक्रिय बनाइएको जानकारी दिए । 

‘हामीले आएदेखि नै केही कुराहरू बुझ्नुपर्ने थियो । कार्ययोजनाहरू बनाउनुपर्ने थियो । नीतिगत स्वीकृतिका लागि तयारी गर्नुपर्ने भएकाले विषयहरूलाई बुझ्नका निम्ति केही समय लाग्यो,’ पौडेलले भने, ‘अब हामीले सुरुमै धेरै कुराहरू नबुझेका कारणले पहिलो तीन महिनामा जुन विषयहरू ल्याउन ढिलाई भयो, अबको तीन महिनामा यति ढिलो हुँदैन ।’

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ५ : ३० बजे

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।