रविको हिरासत बसाइ लम्बिएपछि छलफलमा रास्वपा नेताहरू « Khabarhub

रविको हिरासत बसाइ लम्बिएपछि छलफलमा रास्वपा नेताहरू


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा म्याद थप गरेपछि रास्वपाका नेताहरू अहिले कास्कीमा बैठक गरिरहेका छन् ।

शुक्रबार काठमाडौंको माइतीघर र पोखराको केही स्थान आन्दोलन गर्ने तयारीबारे जुट्न उपलब्ध जिम्मेवार सदस्यहरूको बैठक राखेको नेताहरूले बताएका छन् ।

रास्वपाका सांसद हरि ढकालका अनुसार शुक्रबारको आन्दोलन अझ व्यापक बनाउने गरी छलफल जारी छ । उनले भने, ‘हामी सहकारी पीडितलाई न्याय दिन्छौँ । र, हाम्रो पार्टी सभापतिलाई पनि न्याय दिलाएरै छोड्छौँ ।’

थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता तथा नेताहरू थप आक्रोशित समेत बनेका छन् । उनीहरूले आक्रोशित भएर कास्कीमा निषेधित क्षेत्रसमेत तोडेका छन् ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने