रविको हिरासत बसाइ लम्बिएपछि छलफलमा रास्वपा नेताहरू | Khabarhub Khabarhub

रविको हिरासत बसाइ लम्बिएपछि छलफलमा रास्वपा नेताहरू


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा म्याद थप गरेपछि रास्वपाका नेताहरू अहिले कास्कीमा बैठक गरिरहेका छन् ।

शुक्रबार काठमाडौंको माइतीघर र पोखराको केही स्थान आन्दोलन गर्ने तयारीबारे जुट्न उपलब्ध जिम्मेवार सदस्यहरूको बैठक राखेको नेताहरूले बताएका छन् ।

रास्वपाका सांसद हरि ढकालका अनुसार शुक्रबारको आन्दोलन अझ व्यापक बनाउने गरी छलफल जारी छ । उनले भने, ‘हामी सहकारी पीडितलाई न्याय दिन्छौँ । र, हाम्रो पार्टी सभापतिलाई पनि न्याय दिलाएरै छोड्छौँ ।’

थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि रास्वपाका कार्यकर्ता तथा नेताहरू थप आक्रोशित समेत बनेका छन् । उनीहरूले आक्रोशित भएर कास्कीमा निषेधित क्षेत्रसमेत तोडेका छन् ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ७ : १० बजे

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी

स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै

काठमाडौं– यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका