लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान « Khabarhub

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्दै डेंगी नियन्त्रणको लागि देशव्यापी अभियान सञ्चालन गर्न सबैलाई आग्रह गरेका छन् ।

एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले डेंगीको प्रकोपले नेपालका केही जिल्लाहरूमा गम्भीर स्वास्थ्य समस्या निम्त्याइरहेको उल्लेख गर्दै यसबाट बच्न लामखुट्टेको प्रजनन स्थल नष्ट गर्नु अत्यावश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘आदरणीय आमा(बुबा, दिदी(बहिनी तथा दाजुभाईहरु, डेंगी सार्ने लामखुट्टेको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको पानी जम्ने ठाउँहरू खोजेर त्यहाँका लामखुट्टेका लार्भारप्युपा नष्ट गर्नु हो। त्यसैले, कम्तिमा हप्तामा एक पटक, प्रत्येक शुक्रबार बिहान १० बजे १० मिनेटको लागि देशव्यापी रुपमा यो अभियान चलाउन सबैको सहभागिता आवश्यक छ ।’

प्रधानमन्त्रीले यो अभियानमा सरोकारवाला निकाय, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियानकर्ताहरु तथा आम नागरिकहरूको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘नागरिक स्वस्थ भए मात्र समृद्ध नेपालको निर्माण सम्भव छ। स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ ।’

डेंगी नियन्त्रणका लागि देशभरि एकीकृत प्रयास आवश्यक रहेको बताउँदै उनले लामखुट्टेको प्रजनन स्थलहरू जस्तै पानी जम्ने ठाउँहरू हटाएर प्रकोपलाई रोक्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ९ : ५२ बजे

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन

रियाद विमानस्थलमा यात्रा नगर्न अस्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

एजेन्सी- साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई

एमाले केन्द्रीय कमिटी सदस्यले लिए शपथ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनीतहरूलाई

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट