राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवालाई, डिजिटल साथी दोस्रो | Khabarhub Khabarhub

राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवालाई, डिजिटल साथी दोस्रो


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो युथ कोःल्याब तथा चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिताको उपाधि डुलुवाले जितेको छ । युएनडीपी नेपालको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल विजनेस सेन्टर, किंग्स कलेजको आयोजना राजधानीमा भएको राष्ट्रिय संवाद कार्यक्रममा डुलुवाले उपाधि जितेको हो ।

उपाधिसँगै डुलुवाले नगद एक लाख रुपैयाँ र विश्व उद्यमशीलता फोरोम तथा स्वीट्जरल्याण्डमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाएको छ । डुलुवाले ग्रमीण भेगको पर्यटन प्रवर्द्धनका लागि काम गर्दै आएको छ ।

यस्तै दोस्रो ‘डिजिटल साथी’ र तेस्रो ‘आवास’ भएको छ । उनीहरुले रु ५०–५० हजारसहित ‘युथ कोःल्याब’नमा सहभागिता हुने अवसर प्राप्त गरेका छन् । डिजिटल साथीले प्रविधिको प्रयोगका बारेमा सचेतना जगाउने र आवासले प्लाष्टिकको फोहर सङ्कलने गरेर त्यसबाट इँटा बनाउने काम गर्दै आएको छ ।

कार्यक्रमको समापन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विकास र समृद्ध नेपाल निर्माणमा युवा जनशक्तिको स्रोतलाई परिचालन नगरेसम्म सरकारले आफ्नो लक्ष्य हासिल गर्न नसक्ने बताए ।

उनले युवाको उद्यमशीलताको चाहनाअनुरूप सरकारले युवा परिचालनलाई विशेष रूपमा लैजान खोजेको बताए । वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्दै मन्त्री विश्वकर्माले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताए ।

आयोजक संस्था आयोनका अध्यक्ष जगदीश ऐरले युवाका नवीन सोचलाई व्यावसायिक बाटो देखाउन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सातवटै प्रदेशबाट १५० भन्दा बढी युवा उद्यमी समूहबाट छानिएका उत्कृष्ट १० युवा उद्यमीका बीचमा प्रतिस्पर्धा गराइएको थियो । युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा उत्कृष्ट १० युवा उद्यमीका समूहले आआफ्नो उद्यमका बारेमा प्रस्तुतीकरण दिएका थिए । कार्यक्रमले सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गरेको आयोजकको विश्वास रहेको छ । सो कार्यक्रम बुधबारबाट दुई दिनसम्म चलेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : १८ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्