विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते  « Khabarhub

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा ४७ वटा विपद्का घटना घट्दा अन्य २५ जना घाइते भएका छन् । 

सर्पदंशका घटनामा सबैभन्दा बढी ३ जनाको मृत्यु भएको छ । बाढी, भारी वर्षा र पहिरोका घटनामा एक–एक जनाको मृत्यु भएको छ भने जनावर आक्रमणमा २ जनाले ज्यान गुमाएका छन् । 

प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार बाढीका ४, भारी वर्षाका ५, पहिरोका ११, सर्पदंशका १६, चट्याङका ४, वन तथा डढेलोका ५ र जनावर आक्रमणका २ घटना गरी कुल ४७ वटा विपद्का घटना भएका छन् । घटनाबाट ३७ जिल्ला प्रभावित भएका छन् । 

विपद्का घटनामा सडक अवरोधका ६ वटा घटना भएका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा राहतका कार्य सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म २६३ जना सुरक्षाकर्मी विभिन्न घटनास्थलमा परिचालन भएका छन् ।

प्राधिकरणका अनुसार विपद्का घटनाबाट करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १ : ३१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२