विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते  « Khabarhub

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा ४७ वटा विपद्का घटना घट्दा अन्य २५ जना घाइते भएका छन् । 

सर्पदंशका घटनामा सबैभन्दा बढी ३ जनाको मृत्यु भएको छ । बाढी, भारी वर्षा र पहिरोका घटनामा एक–एक जनाको मृत्यु भएको छ भने जनावर आक्रमणमा २ जनाले ज्यान गुमाएका छन् । 

प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिन अनुसार बाढीका ४, भारी वर्षाका ५, पहिरोका ११, सर्पदंशका १६, चट्याङका ४, वन तथा डढेलोका ५ र जनावर आक्रमणका २ घटना गरी कुल ४७ वटा विपद्का घटना भएका छन् । घटनाबाट ३७ जिल्ला प्रभावित भएका छन् । 

विपद्का घटनामा सडक अवरोधका ६ वटा घटना भएका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा राहतका कार्य सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म २६३ जना सुरक्षाकर्मी विभिन्न घटनास्थलमा परिचालन भएका छन् ।

प्राधिकरणका अनुसार विपद्का घटनाबाट करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १ : ३१ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता