सुन्दरीघाटबाट पुनः पानी वितरण « Khabarhub

सुन्दरीघाटबाट पुनः पानी वितरण


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको किर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुनः थालिएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको आएको बाढीका कारण मुहानसहित पाइपलाइन बगाएपछि खानेपानी वितरण कार्य अवरुद्ध बनेको थियो । 

ललितपुरको नख्खु खोलाको पानी बिहीबार सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याइएपछि आजदेखि पुनः खानेपानी वितरण कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का त्रिपुरेश्वर शाखाका प्रमुख सुमनबहादुर बस्नेतले जानकारी दिए।

उनले भने, ‘बाढीका कारण क्षति भएको मुहान मर्मत गरेर सुन्दरीघाटको पानी प्रशोधन केन्द्रमा ल्याउन सफल भएका छौँ ।’ उक्त पानी आजदेखि बल्खु, टेकु, सबल बहाललगायतका क्षेत्रमा वितरण गरिने प्रमुख बस्नेतले बताए।

केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार शनिबारदेखि तोकिएको तालिकाअनुसार पानी वितरण हुने छ । गत असोज दोस्रो साता आएको बाढी तथा पहिरोले मुलुकभर पाँच सय २५ खानेपानी आयोजनामा क्षति पुर्यायको थियो । ती योजना मर्मत कार्य थालिएको खानेपानीमन्त्री यादवले जानकारी दिए।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : ०५ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर