नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री सुडी | Khabarhub Khabarhub

नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री सुडी


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई राज्यका नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।

आज  आयोजित नेपालको बेइजिङ प्लस ३० समीक्षा कार्यक्रममा उनले महिला राजनीतिक र आर्थिक सशक्तीकरणसँगै भेदभाव उन्मुलनमा मात्र नभई सबै नीतिनिर्माण प्रक्रियामा पूर्ण र समान साझेदारका रूपमा सहभागी हुनुपर्नेमा जोड दिए ।

‘महिला विकासको बलियो स्तम्भका रूपमा भूमिका खेल्न सक्नेमा दृढ विश्वास राख्छु’, मन्त्री सुडीले भने, ‘महिला अधिकारका लागि निरन्तर पहल गरिरहेकाले महिला र बालबालिकाका लागि सहज र समान समाज विकास गर्न आवश्यक नीतिनिर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले सरकार र नागरिक समाजसँगै मिलेर लैङ्गिक असमानताका मूल कारण निर्मूल गर्नुपर्नेमा जोड दिए  ।

बेइजिङ प्लस ३० समीक्षा सम्मेलनले महिला र बालबालिकाको सशक्तीकरणमा योगदान पुर्‍याउने मन्त्री सुडीले विश्वास व्यक्त गरे  । उनले महिला तथा बालबालिकाका क्षेत्रमा रहेका समस्याको उजागर गर्दै समाधानको बाटो पहिल्याउने गरी तथ्यपरक प्रतिवेदन बनाउन सुझाव दिए ।

‘बेइजिङ समीक्षा र कार्ययोजना महिला सशक्तीकरणका लागि दूरदर्शी एजेण्डा हो । यसले निजी र सार्वजनिक सबै क्षेत्रमा महिला सशक्तीकरणका लागि सरोकार भएका क्षेत्रहरू पहिचान गरेको छ’, मन्त्री सुडीले भने, ‘राष्ट्रियस्तरको यस छलफलले लैङ्गिक समानताका क्षेत्रमा काम गर्नेहरूसँग संलग्न हुन र अझै पनि पिछडिएका व्यक्तिहरूको समस्यालाई उजागर गर्न सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउने अवसर प्रदान गर्नेछ ।’

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पनि समेटेर सशक्तीकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले महिला र ज्येष्ठ नागरिकको अवस्था संवेदनशील बन्दै गएको बताइन्।

नेशनल नेटवर्क फर बेइजिङ रिभ्यु नेपाल (एनएनबीएन), संयुक्त राष्ट्रसङ्घीय महिला (युएन महिला) र महिला, कानुन र विकास मञ्चको सहकार्यमा आयोजित सम्मेलनमा महिला आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका तीन महिला अधिकारकर्मीलाई सम्मान गरिएको थियो ।

मन्त्री सुडीले महिला अधिकारकर्मी लक्ष्मीकेशरी मानन्धर, इन्दिरा श्रेष्ठ र तुलसालता अमात्यलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  २ : २२ बजे

प्रधानमन्त्रीले भने- दोषी देखिए रविले पनि अरुले जस्तै सजाय भोग्नुपर्छ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा दोषी देखिएको

श्रममन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारको सय

राजनीतिक अस्थिरता र अराजकता ल्याउन खोजिएको सत्तारुढ दलहरूको निष्कर्ष

काठमाडौं- सत्ता समीकरणमा रहेका दलले अराजकतालाई प्रोत्साहन गर्ने र राजनीतिक

रवि लामिछानेको गिरफ्तारीले उब्जाएका ७ प्रश्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि

सरकार सही दिशातर्फ उन्मुख छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठनको सय