पूर्वमन्त्री श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद « Khabarhub

पूर्वमन्त्री श्यामसुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उच्च अदालत पाटनले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला गरेको छ ।

व्यापारी संघाईको अपहरणमा गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो ।

न्यायाधीशद्वय गुणराज ढुङ्गेल र टेकराज ढुङ्गानाको इजालसले जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले उनीहरुलाई सजाय थप गरेको हो ।

यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए। २०७२ भदौमा सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी २० दिनसम्म काभ्रेमा लुकाएर बेपत्ता पारी फिरौतीबापत ८५ लाख रूपैयाँ लिई मुक्त गरेको अभियोग लागेको थियो।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै