मोटरसाइकलमा लुकाएको चाँदीका गहनासहित भारतीय पक्राउ « Khabarhub

मोटरसाइकलमा लुकाएको चाँदीका गहनासहित भारतीय पक्राउ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले लाखौं मूल्य बराबरको अबैध चाँदीको गहना र मोटरसाइकल सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ बर्षीय चन्देश्वर साह सोनार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले शुक्रवार आज सार्वजनिक गरेका छन् ।

सीमावर्ती भारतीय बजार बैरगनिया बाट विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा बिहीबार साँझ आउँदै गरेका साहमाथि गौर भन्सार कार्यालय अगाडी शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा उनले मोटरसाइकलको ट्याङ्की मुनी प्लास्टिकमा लुकाएर राखेको कुल ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको

७ किलो १८७ ग्राम चाँदीको विभिन्न किसिमका गहना बरामद गरिएको प्रवक्ता रायले बताएका छन्। गहना र मोटरसाइकल समेतको कुल ८ लाख २७ हजार ९२० रुपैयाँ ८८ पैसा मूल्याङ्कन सहित आज आरोपी साहलाई गहना मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : ०८ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल