हेटौंडा सिमेन्ट उद्योगमा चोरी गरेको आरोपमा ९ जना पक्राउ « Khabarhub

हेटौंडा सिमेन्ट उद्योगमा चोरी गरेको आरोपमा ९ जना पक्राउ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

बागमती । नेपाल प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट रु ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन र लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा अन्य छ गरी नौ जनालाई पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोप–वेदेखि क्रसरसम्म जाने छ इञ्च र चार इञ्चको तामाका तार काटी चोरी गरेको आरोपमा हेटौँडा–१३ का मनिराम थोकर, सन्त तितुङ र भारतीय नागरिक दिल खुस कुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

चोरीमा संलग्न भएको आशङ्कामा थोकरलाई नियन्त्रणमा लिई घटनाबारे सोधपुछ गर्दा हेटौँडा–१३ बस्ने २८ वर्षीय सन्त तितुङलगायत अन्य पाँच÷सात जना मिलेर तार चोरी गरी तार छिलेर हेटौँडा–४ स्थित कवाडी पसल सञ्चालक भारतको मोतिहारी जिल्ला चिरैया थाना–७ का दिल खुशकुमार साहलाई बिक्री गरेको भनी खुल्न आएपछि उनीहरुलाई पनि नियन्त्रणमा लिइएको उपरीक्षक खड्काले बताए ।

प्रहरीले एक सय पाँच किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम सडकखण्डको रजैया जाने जङ्गल छेउमा रोकेर राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडी र गाडीमा सवार हेटौँडा–३ बसामाडीका २४ वर्षीय पञ्चलाल थिङलाई गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै हेटौंडा–८ कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधीन घरबाट बिजुलीको तार चोरी भएको घटना अनुसन्धानका क्रममा चोरी भएको उक्त सामानसहित हेटौँडा–८ कमाने बस्ने २६ वर्षीय सुमन राई, २५ वर्षीय समिर घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हेटौँडा–८ क्याम्पास्थित हेटौँडा फन भिल्लाबाट साउण्ड सिस्टम एक थान र नगद रु २० हजार तथा हेटौँडा–२ स्थित शान्तिटोल बस्ने राजेश थापा क्षेत्रीको ना३प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा चोरी गरेको आरोपमा हेटौँडा–८ कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीस्थित कान्तिलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेक गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका–३ घर भई फास्ट ट्रयाकमा वेल्डिङको काम गर्ने २४ वर्षीय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई ३७ किलो बिजुलीको तार चोरी गरी हेटौँडातर्फ लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ५६ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको