विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी « Khabarhub

विश्वकप लिग–२ : अमेरिकामाथि स्कटल्याण्ड १० विकेटले विजयी


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको छ ।

अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४ ओभर ५ बलमा बिना विकेट लक्ष्य पूरा गरेको थियो ।

स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ३८ ओभर ४ बलमा अल आउट हुँदै १४४ रन बनाएको थियो ।

अमेरिकाका लागि शाड्ली भान शाल्कवीकले सर्वाधिक ५८ रन बनाए भने हर्मित सिंहले २२ रन बनाएका थिए ।

स्कटल्याण्डका ब्राड कुरीले ४ विकेट, ब्राण्डन म्याकमुलेनले ३, ब्राड ह्वीलले २ विकेट लिए ।

यो जितपछि स्कटल्याण्ड लिग–२ मा ८ खेलबाट ११ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ९ खेल खेलेको अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ ।

अब सिरिज अन्तर्गत आइतबार राति नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ८ : ५१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर