सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेन : शेखर कोइराला | Khabarhub Khabarhub

सरकारले सय दिनमा लक्ष्यअनुसार काम गर्न सकेन : शेखर कोइराला


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम हुन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको विकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताएका हुन् 

उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे। सरकार ढल्ने कुरा गरेर भूलभूलैयामा पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकिर गरे । कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसंग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ ।

कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको जिकिर गरे । सरकारका केही क्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने आभाष भएको उनको भनाइ छ ।  

त्यस्तै कांग्रेसका नेता मोहन बहादुर बस्नेतले यसअघिको कमीकमजोरीलाई सुधार गर्दै आगामी निर्वाचनको तयारी गर्नुपर्ने उल्लेख गरे। चुनाबी गठबन्धन भन्दा पनि रणनीतिक विषयमा पार्टीले ध्यान दिनुपर्ने उनले बताए ।

उनले पार्टीभित्र अनुशासन कडाइका साथ लागू गर्नुपर्ने भन्दै पार्टीभित्र अनुशासन उलङ्घन गर्ने सबैमाथि कारवाही हुनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १ : ४४ बजे

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त