साहित्यिक विश्व सम्मेलन काठमाडौंमा सुरु « Khabarhub

साहित्यिक विश्व सम्मेलन काठमाडौंमा सुरु


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा साहित्यिक विश्व सम्मेलन शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।  

नेपाली साहित्यको विश्वव्यापिकरण, हाम्रो अभियान भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलन सुरु भएको हो । सम्मेलनको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरे ।

सो क्रममा प्रधानमन्त्री ओलीले साहित्यले मनोरञ्जनका साथै समाज जगाउने र अग्रगमनको सन्देश दिने भएकाले यसको महत्व धेरै रहेको बताए ।

उनले नेपालको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलनले काम गर्ने जनाउँदै कोभिड–२०१९ का समयमा गरिएको ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसहित विभिन्न साहित्यकारहरुलाई सम्मान गरेका थिए । सम्मेलन आइतबार सम्पन्न हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : २३ बजे

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको