वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो | Khabarhub Khabarhub

वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् ।

गत आवको सोही अवधिमा भएको आयातमा ६ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ ।

चालु आवको तीन महिनामा वीरगञ्जबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ८ : ५५ बजे

देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

पाटन– पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटक पटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा

जब एक दर्शकले केकीलाई रुदै फिल्मको संवाद सुनाए…

काठमाडौं – नायिका केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘परान’

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ