रास्वपाको निष्कर्ष- प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य रहेनन् | Khabarhub Khabarhub

रास्वपाको निष्कर्ष- प्रचण्ड कुनै पनि दलका लागि विश्वासयोग्य रहेनन्


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरी हिरासतमा रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै पनि पार्टीका लागि विश्वासका पात्र नरहेको निष्कर्ष निकालेको छ ।

सभापति लामिछाने आठ दिनअघि पक्राउ परेपछि सत्ता पक्षीय दल र आफूहरूसँग दोहोरो भूमिका खेलेकाले प्रचण्डको कुरामा फस्न नहुने निष्कर्ष निकालेको नेताहरूले बताएका छन् ।

रास्वपाको शनिबार बसेको बैठकमा पनि माओवादी केन्द्र र प्रचण्डको भूमिकाबारे अनौपचारिक छलफल भएको थियो । त्यस छलफलमा नेताहरूले प्रचण्डसँग कुनै पनि कुरामा विश्वास गरिहाल्न सक्ने अवस्था नरहेको निचोड निकालेका थिए ।

शनिबार माओवादी केन्द्रले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । त्यहाँ रविको बचाउमा प्रचण्ड बोल्ने नेताहरूले आश गरेका थिए । तर प्रचण्डले रविको बचाउमा कुरा नगरेपछि रास्वपा नेताहरू बिच्किएका छन् ।

शनिबारको बैठकबारे जानकारी दिँदै रास्वपा सचिवालयका एक सदस्यले खबरहबलाई भने, ‘प्रचण्ड न सरकारका लागि विश्वासिला पात्र हुन् । नत्र विपक्षीका लागि नै । उनी सत्ता वरिपरि घुमिरहन्छन्, हामीले विश्वास गर्नु हुँदैन ।’

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ६ : ३६ बजे

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्च जित

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू

रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४७ रनको लक्ष्य

ओमान – कप्तान रोहित पौडेलको शानदार अर्धशतकको मदतमा नेपालले कतारलाई

चलेन आदिलको ब्याट, दुई रन बनाएर आउट

काठमाडौं – कतारविरुद्धको खेलमा प्लेइङ–११ मा परेका आदिल आलमले मात्र

मंसिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको