अमेजन जंगलको आगो नियन्त्रण बाहिर, ज्यान गुमाउँदै जीव-जनावर « Khabarhub

अमेजन जंगलको आगो नियन्त्रण बाहिर, ज्यान गुमाउँदै जीव-जनावर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक साता यता अमेजन जंगलमा आगो दन्किरहेको छ । ब्राजिलले आगो नियन्त्रण प्रयास जारी राखे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भीषण रुप लिँदा जंगलका जैविक विविधता नष्ट हुँदै गएका छन् । जंगली जनावरु आगोको शिकार बनेका छन् ।

आगो नियन्त्रणका लागि उचित कदम नभएको भन्दै विश्वभरबाट निराशा व्यक्त गरिएको छ । अमेजन जंगलमा आगो लाग्दा विश्व चिन्तित हुनुको मुख्य कारण अक्सिजनको स्रोत नाशिनु हो । अमेजन जंगल पृथ्वीको अक्सिजनको मुख्य स्रोतको रुपमा मानिन्छ । पृथ्वीको कुल अक्सिजनको २० प्रतिशत अक्सिजन अमेजन जंगलबाट आउँछ ।

आगलागीको धुवाँ दुई हजार माईल उचाईसम्म पुगेको वैज्ञानिकहरुले बताएका छन् । अमेजनको आगलागीबाट ब्राजिलका आधा दर्जन राज्य प्रभावित भएका छन् । आगोले जलेर लाखौँ जनावर मरेका छन् ।

अमेजनमा १० लाख प्रजातिका रुख र २० लाख प्रजातिका वन्यजन्तु पाइन्छन् । संसारकै ठूलो जंगल अमेजनमा आगलागी हुँदा वायुमण्डलमा कार्बनडाईअक्साईडको मात्रा पनि थपिएको छ ।

ब्राजिल बाहेक अमेजन जंगल भेनेजुयला, बोलिभिया, कोलम्बिया, पेरु, इक्वेडर, गुयना, सुरिनाम, र फ्रेन्च गुयानासम्म फैलिएको छ । ७० लाख वर्ग किलोमिटरमा फैलिएको अमेजन वन क्षेत्रमा करिब २ सय अर्ब रुख छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ०१ बजे

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी