तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ | Khabarhub Khabarhub

तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने जनाएका छन् ।

इशिबाले अक्टोबर १ मा पदभार ग्रहण गरेको केही दिनपछि अक्टुबर २७ का लागि निर्वाचनको घोषणा गरेका थिए। सन् १९५५ देखि जापानमा शासन गरिरहेको उनको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का चुनाबमा निकै कमजोर नतिजा देखिएको छ । 

एलडिपी नेतृत्वको गठबन्धनले बहुमत गुमाउने अनुमान गरिएसँगै इशिबाले ‘राजनीतिक शून्यता’ हुन नदिने बताउँदै सत्तामा रहिरहने प्रतिबद्धता जनाएका हुन्। 

‘म जापान र जापानी जनताको रक्षा गर्दै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु,’ इशिबाले पत्रकारसँग भने। 

उनले भने, ‘सबैभन्दा ठूलो चुनावी कारक पार्टीका जिम्मेवार नेताको नै आर्थिक अनियमिततासँग जोडिएका मुद्दामा सम्लग्नता देखिनु र यसबाट जनतामा एलडिपीप्रति ‘शंका, अविश्वास र क्रोध’ सिर्जना हुनु नै रहेको बताइएको छ । 

‘म पैसा र राजनीतिको विषयमा आधारभूत सुधार गर्नेछु,’ इशिबाले पत्रकारहरूसँग भने, ‘मतदाताहरूले पार्टीमाथि ‘कठोर निर्णय’ दिएका छन्।’

राष्ट्रिय प्रसारक एनएचके र अन्य सञ्चारमाध्यमले सार्वजनिक गरेको एक्जिट पोल र नतिजाले एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदार कोमिइतोका लागि १५ वर्षयताकै सबैभन्दा खराब नतिजा देखाएपछि येनको मूल्य तीन महिनायताकै न्यून विन्दुमा झरेको छ ।

जापानको संसद्को ४५६ सदस्यीय तल्लो सदनमा कम्तीमा २३३ सिट जित्ने इशिबाको घोषित लक्ष्यपूरा गर्न उनीहरू असफल हुने अनुमान निर्वाचन सर्वेक्षण नतिजाले यसअघि नै गरेका थिए । 

एनएचकेका अनुसार एलडीपीले १९१ सिट जितेको छ । सन् २०२१ को चुनावमा एलडीपीले २५९ र कोमेइतोले २४ सिट जितेका थिए। सोमवार साँझसम्म आधिकारिक परिणाम आउने अनुमान गरिएको छ । 

चुनावअघि जापानी सञ्चारमाध्यमले यदि निर्वाचनमा एलडिपीले हार ब्यहोर्नु परेमा इशिबाले पद छोड्ने र विश्वयुद्धपछिको समयमा जापानको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बन्नसक्ने अनुमान गरेका थिए ।

एलडिपीको निर्वाचन समितिका प्रमुख तथा पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा शिन्जिरो कोइजुमीले घोषित निर्वाचन परिणामसँगै राजीनामा दिएका छन् । 

विश्लेषकहरूका अनुसार अर्को कदम भनेको इशिबाले अब अल्पमतको सरकारको नेतृत्व गर्ने प्रयास गर्नेछन किनभने विभाजित विपक्षीहरू सम्भवतः आफ्नै गठबन्धन बनाउन अक्षम देखिएका छन्।

इशिबाले सोमबार दिएको प्रतिक्रियामा आफूले ‘अहिले नै’ व्यापक गठबन्धन बनाउनेबारे विचार नगरेको बताए 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १२ : ५२ बजे

कांग्रेसमा रामहरिको प्रष्टिकरण : ‘कुलिङ पिरियड’ सर्वसम्मतिले राखेका थियौँ, थपिएर संसद्‍ पुगेको उपदफामा हाम्रो दोष छैन

काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

काजोलको स्पष्टीकरण- शाहरुख र मेरो केमेस्ट्रीसँग अजय ‘जेलस’ छैनन्

काठमाडौं – बलिउड नायिका काजोलले आफ्ना श्रीमान् अजय देवगन र

हृदयघात भएर बित्ने ‘बिग बोस’का प्रतिस्पर्धी ४ पुगे

काठमाडौं – सलमान खान प्रस्तोता रहेको टेलिभिजन कार्यक्रम ‘बिग बोस’को

राष्ट्रियसभा : कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त भएन

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले कृषि र शिक्षा क्षेत्रमा बजेट पर्याप्त नभएको

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– धनुषाको  जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित सडकमा मधेश प्रदेश ०२-००१ क २२४० नम्बको