बढ्दो बीमा व्यवसाय : तीन महिनामै कम्पनीहरूले गरे ५२ अर्ब बीमा शुल्क आम्दानी « Khabarhub

बढ्दो बीमा व्यवसाय : तीन महिनामै कम्पनीहरूले गरे ५२ अर्ब बीमा शुल्क आम्दानी


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बीमा क्षेत्रको व्यवसाय बढेको छ । चालु आर्थिक वर्षको तीन महिनामा गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा बीमा शुल्क आम्दानी बढेको हो ।

नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा २ अर्बभन्दा बढी बीमा शुल्क आम्दानी गरेका हुन् ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालका जीवन बीमा तथा लघु जीवन बीमा कम्पनीहरूले ४१ अर्ब ३० करोड १४ लाख ८२ हजार रूपैयाँ बराबरको बीमा शुल्क आम्दानी गरेका छन् ।

जसमा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब आठ करोड एक लाख २८ हजार र लघु जीवन बीमा कम्पनीहरूले २२ करोड १३ लाख ५४ हजार रूपैयाँ बराबरको शुल्क आम्दानी गरेका छन् ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको त्यही अवधिको तुलनामा बीमा शुल्क आम्दानी बढाउन सफल भएका छन् । गत आर्थिक वर्ष ०८०/८१ को असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ४० अर्ब ८० करोड ४६ लाख ८९ लाख बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा क्षेत्रको व्यवसायमा समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ कम्पनीले ११ अर्ब ९९ करोड १४ लाख ९९ हजार रूपैयाँ बराबर नवीकरण सहितको बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

अन्य जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आम्दानी पाँच अर्बभन्दा तल रहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रूपैयाँ बराबरको बीमा शुल्क आम्दानी गरेका छन् ।

जसमा निर्जीवन बीमा कम्पनीले ११ अर्ब ३८ करोड ७९ लाख ८३ हजार र साना लघु बिमक कम्पनीले १८ करोड ५६ लाख ६९ हजार बराबर बीमाशुल्क आम्दानी गरेका हुन् ।

तथ्यांकअनुसार निर्जीबन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बीमा निर्जीवन बीमा क्षेत्रको व्यवसाय विस्तार गरेका छन् ।

गत आर्थिक वर्ष ०८०/८१ को असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब ४५ करोड ४७ लाख ३९ हजार बराबरको बीमा शुल्क आम्दानी गरेका थिए ।

निर्जीवन क्षेत्रको व्यवसायमा चालु आर्थिक वर्षको तीन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बीमाशुल्क आर्जनमा सबैभन्दा अगाडि देखिएको छ । उक्त कम्पनीले समीक्षा अवधिमा एक अर्ब ४३ करोड ६३ लाख ४१ हजार रूपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, उक्त अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब १७ करोड १९ लाख ८५ हजार र शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब १२ करोड ५९ हजार रूपैयाँ बराबरको बीमा शुल्क आम्दानी गरेका छन् ।

अन्य निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आम्दानी एक अर्बभन्दा तल रहेको बीमा प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ४१ बजे

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको