विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ « Khabarhub

विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष अदालतमा पहिलो पटक आज अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्व मुख्य सचिव डा बैकुण्ठ अर्याल समेत प्रतिवादी भएको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भष्ट्राचार गरेको आरोपको मुद्दामा संयुक्त राज्य अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले भर्चुअल माध्यमबाट बहस गरेका हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, सदस्यद्वय न्यायाधीश डा खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासमा उक्त सुनुवाइ भएको हो । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २०८० साल चैत १५ गते भर्चुअल सुनवाइ पद्धतिको शुभारम्भ गरेका थिए । सो पश्चात अदालतबाट साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी सेवा प्रदान गरिँदै आएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा ९५० बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयान समेत भर्चुअल माध्यमबाट लिएर अभिलेख गर्न सकिने उल्लेख छ ।

विशेष अदालतले गत आव २०८०र०८१ मा ८८ प्रतिशत मुद्दाको फर्छ्यौट गरी कानुनले तोकेको म्याद छ महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न सफल भएको जनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका लागि प्रविधिको प्रयोग गर्दै आएको छ ।

स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरुलाई अदालत प्रशासनले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ८ : ५८ बजे

सामुदायिक विद्यालयमा छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा

वालिङ– भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं– कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली

अठार वर्षपछि सडक स्तरोन्नति गर्न थालियो

म्याग्दी– मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक

ओली-प्रचण्ड भेट, पद्मा भन्छिन्- एकता र सहकार्यको कुरा भएको छैन

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी