बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : माधव नेपाल « Khabarhub

बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ : माधव नेपाल


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने , “दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दोशी कोही पनि नफसुन् । राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ ।”

एकीकृत समाजवादी पार्टीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको अध्यक्ष नेपालले बताए । विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान आफूहरू तयार रहेको उनले स्पष्ट पारे । “विषयवस्तुमा सहकार्यमा गरेर अघि बढ्न तयार छौँ । अरु पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन,” उनले भने ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १० : ५५ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले