‘छ माया छपक्कै’ को गीतमा केकी र दीपकको प्रेम (भिडियो) | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ को गीतमा केकी र दीपकको प्रेम (भिडियो)


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘छ माया छपक्कै’ को गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बसन्त थापा र मीना निरौलाको स्वर सुन्न सकिन्छ भने गायक थापाकै संगीत रहेको छ । यस्तै गीतमा लेखक तथा गीतकार राजेन्द्र थापाले शब्द लेखेका छन् । श्रीकृष्ण बम बल्ल, एचबीएन किस्मन, क्षेत्र शाही, जुना श्रीस र निरु श्रीसले पार्श्वध्वनि दिएको यो गीत लोकशैलीमा आधारित छ ।

गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । यस्तै गीतको भिडियो भिडियो दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतले कम्मर मर्काएका छन् ।

रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । फिल्मको स्किृप्ट दीपकराज गिरीले तयार पारेका हुन् ।

यो फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ । चलचित्रको ट्रेलर अझै रिलिज गरिएको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ३५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ

आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा