कविता-बा « Khabarhub

कविता-बा



जब मेरो श्रीमतीको काखमा मेरा छोराछोरी लाडियेर मडारिएको देख्छु
मेर्रो आँखा अगाडि त्यो स्वर्ग देखेर म मेरो जीवन र जगत प्रति धन्य हुन्छु
म भित्रको बा आगाडी आउँछ र म छोरालाई आँखा तर्दै भन्छु –
धेरै दुख न दे आमालाई, आज पढ्नु पर्दैन ? म छोरीलाई सोध्छु ।

अगिसम्म दंग छोराछोरी निन्याउरो मुख लगाएर जब आमाबाट पर जान्छन
म मेरो अझ फराकिलो र राम्रो स्वर्गको कल्पना साकार पार्न जुट्छु
मेरी श्रीमती आमा बनिन, अब म बा बन्छु
जब तृप्त हृदयबाट म अतृप्त प्रदर्शन गर्छु
अनि म बा बन्छु, म बा बन्छु ।

दिब्य दियोको शान्त दीपशिखा नै छन् मेरी छोरी
भन्नै सक्दिन यो भन्दा बढी सुन्दरता कस्तो हुन्छ होला ?
आफ्नो त्यो अक्षमता भनौ या घमण्ड लुकाउन छोरीलाई आँखा तर्दै भन्छु –
मुख अलि राम्रोसंग धुन पनि आउँदैन कि के हो?

छोरी चुपचाप मुख पुछ्न थाल्छिन
अनि म छोरीको लागि सुन्दरता भन्दा माथिको सुन्दरता खोज्न जुट्छु
अनि म बा बन्छु म बा बन्छु ।

पुरुषोत्तम राम थिए, पुरुषोत्तम भन्दा उत्तम हुने यो मेरो छोरो छ
मेरो छोरोमा के चै कमि होला भनेर खोज्छु पनि कहिले, तर भेट्दिन
आफ्नो त्यो अक्षमता भनौ या घमण्ड छोप्दै म छोरालाई झपर्छु
त्यत्ति काम पनि राम्रो संग गर्न सक्दैनस कि के हो?

छोरो अलि सतर्क भएर आफुले गर्न लागेको काम तिर फर्कन्छ
अनि म पुरुषोत्तम भन्दा उत्तम मेरो छोरो को भबिश्य सजाउन जुट्छु
अनि म बा बन्छु म बा बन्छु ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ४४ बजे

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर