उत्तर कोरियाले १० हजार सैनिक रुस पठायो : अमेरिका « Khabarhub

उत्तर कोरियाले १० हजार सैनिक रुस पठायो : अमेरिका


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ । 

सोलले मंगलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।

उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ। यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिएका छन् । जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेका छन् ।

पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कूल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् । नाटो प्रमुख मार्क रुटले यो तैनाथी ‘रुसको युद्धको खतरनाक विस्तार’ हो, र यो ‘पुटिनको बढ्दो निराशाको संकेत’ हो भने ।

रुटका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।

दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उनले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा तैनाथ गरिएको बताए।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  १२ : ३० बजे

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको