एकीकृत घुम्ती शिविरबाट आठ हजार नागरिक लाभान्वित | Khabarhub Khabarhub

एकीकृत घुम्ती शिविरबाट आठ हजार नागरिक लाभान्वित


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ –  म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाले गत असोज ६ देखि यही कात्तिक १२ सम्म सञ्चालन गरेको शिविर सञ्चालन गरेको थियो ।  

शिविरमार्फत स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। पालिकाभित्रका विभिन्न वडाका टोलटोलमा पुगेर सेवा दिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाको सेवा टोलटोलमा पुर्‍याएर स्थानीय सरकारको आभास दिइएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। ‘नागरिकको आवश्यकताका आधारमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएका छौँ’, श्रेष्ठले भने, ‘गाउँपालिकाले दिएको सेवाले आमनागरिक लाभान्वित बनुन् ।’ 

शिविर अन्तर्गत स्तन क्यान्सर, पाठेघरको क्यान्सर, आँखा शिविर पनि सञ्चालन गरिसकेको उनले बताए। जनताको समस्या बुझ्न र समाधानका लागि एकीकृत घुम्ती शिविर फलदायी बनेको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए। 

‘जनताको समस्या सुन्न टोल–टोलमा जाने पालिकाको कार्यले जनताप्रति पालिका उत्तरदायी बनेको आभास आम नागरिकले महसुस गर्न थालेका छन्,’ उनले भने।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  २ : २० बजे

उपनिर्वाचन : कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह

काठमाडौं – निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई

रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा प्रमाण पेश गर्न आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली

योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको द्रुत आर्थिक