चिवर दान उत्सव सम्पन्न « Khabarhub

चिवर दान उत्सव सम्पन्न


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बौद्ध धर्मावलम्बीले विश्व शान्ति विहारमा आज चिवर दान उत्सव गरेका छन् । भिक्षुहरूले पालना गर्नुपर्ने नियमअनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षाबास बसेका भिक्षुलाई उपासकरउपासिका तथा दाताबाट नयाँ चिवर उपहारस्वरुप प्रदान गरेर उत्सव सम्पन्न गरिएको हो ।

विहारभित्र तीन महिनासम्म वर्षाबास पूरा गरेका भिक्षुको सम्मानमा विधि विधानपूर्वक उत्सव गरिएको हो । भिक्षुहरूले वर्षायामको समयमा यात्रा नगर्ने, विहारभित्र बौद्ध शिक्षा प्रवर्द्धन गरी धार्मिक गतिविधि गर्ने प्रचलन रहेको अखिल नेपाल भिक्षु महासङ्घका कोषाध्यक्ष बोधि ज्ञान महास्थविरले जानकारी दिए ।

यो कार्यसम्पादन गर्दा भिक्षुलाई सामान्य अवस्थाभन्दा केही कठिनाइ हुने बताउँदै उनले बुद्धका शिक्षा तथा उपदेशहरूको पालनाका क्रममा यस्ता धार्मिक गतिविधि गरिएको र यस्ता कार्यले समुदायलाई सत्मार्गमा जोड्ने बताए ।

विभिन्न अष्ट परिकार दान र उपासक÷उपासिकाबाट व्यक्तिगत आर्थिक दान प्रदान गरिएको उक्त कार्यक्रममा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, बौद्ध महिला र युवा सङ्घसंस्थाका प्रतिनिधिसहित सरोकार भएकाको सहभागिता थियो । कार्यक्रममा बुद्धसम्बन्धी ज्ञानवर्द्धक भजन पञ्चशीलसहित धार्मिक गतिविधिसमेत गरिएको छ । विहारले मानव कल्याण तथा विश्व शान्तिका लागि बुद्ध शिक्षा र बुद्धका उपदेशको अभ्यास र प्रवर्द्धन गर्दै आएको जनाइएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय बौद्ध गुरु एवं सातौँ सङ्घनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको ८५ औँ जन्मजयन्तीका अवसरमा विहारमा बुद्ध पूजा तथा प्रवचन गरिएको छ । सो अवसरमा उक्त विहारका संस्थापक समेत रहेका भिक्षु ज्ञानपूर्णिक महास्थविरले बौद्ध साहित्य तथा दर्शनका माध्यमबाट सामाजिक क्षेत्रमा पुर्‍याएका योगदानको समीक्षा गरिएको थियो ।

समग्र मानव कल्याण तथा विश्व शान्तिको कामनासहित पूजा गरिएको कार्यक्रममा शान्तिपूर्ण समाज निर्माणका लागि मानिस क्रोध, द्वेष, इष्या र मोह अन्त गरी एकापसमा भ्रातृत्व, सहअस्तित्व, मेलमिलाप तथा सहकार्य गर्न उपदेश दिइएको छ । रासस

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ३५ बजे

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप