अन्तिममा एन्फाको निर्णय : साफ फाइनलको टिकट आफैँ बेच्ने, कम्पनीले बेचेको सबै फिर्ता गर्नुपर्ने « Khabarhub

अन्तिममा एन्फाको निर्णय : साफ फाइनलको टिकट आफैँ बेच्ने, कम्पनीले बेचेको सबै फिर्ता गर्नुपर्ने


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बिक्री गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले सुरक्षाका कारणले फाइनल खेलको टिकट आफैँले बिक्री गर्ने निर्णय गरिएको जनाएको हो ।

बुधबार नै जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेटबाहिर टिकट बिक्री गरिने एन्फाले जनाएको छ ।

यसअघि नेपाल र भारतबीचको सेमिफाइनल खेलको टिकट सिट संख्याभन्दा बढी बिक्री गरिएको पाइएको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।

माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो ।

एन्फाले फाइनलका लागि उक्त कम्पनीले बिक्री गरेको टिकट रद्द गर्दै टिकटको रकम फिर्ता गर्न भनिसकेको प्रवक्ता शाहले जानकारी दिए ।

एन्फाले साधारणतर्फ ११ हजारको संख्या र र भीआईपी १ हजार मात्रै टिकट बिक्री गरिने जानकारी दिएको छ ।

साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजे सुरु हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : ०१ बजे

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी–  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ?