रोड्रीलाई बधाई दिँदै एगुएरोले भने- फुटबल रियल मड्रिडको मात्रै होइन, हरेकका लागि हो « Khabarhub

रोड्रीलाई बधाई दिँदै एगुएरोले भने- फुटबल रियल मड्रिडको मात्रै होइन, हरेकका लागि हो


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलियन स्टार भिनिसियस जुनियरले नजित्ने भएपछि स्पेनिस क्लब रियल मड्रिडले बालोन डि’ओर समारोह नै बहिष्कार गर्‍यो ।

उसले अन्तिम समयमा फ्रान्स जाने जहाजको उडान नै रद्द त गर्‍यो नै शीर्ष दुईमा समेटिएका भिनिसियसलाई पनि समहारोमा जानबाट रोक्यो ।

बालोन डि’ओरको प्रमुख दाबेदार नै भिनिसियस भएको जिकिर गरिरहेको रियलले उनको समर्थनमा क्लबका अरु खेलाडीलाई सामाजिक सञ्जालमा लेख्नसमेत लगायो ।

रियलका केही खेलाडीले बालोन डि’ओरका पहिलो हकदार भिनसियसबाट म्याचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीका लागि चोरिएको जस्ता तर्क पनि गरेका छन् ।

भिनिसियसले कालो वर्णकैले भएकाले बालोन डी’ओरबाट बञ्चित हुनुपरेको अर्को तर्क पनि अहिले आइरहेको छ ।

यिनै तर्क-वितर्कबीच म्यानचेस्टर सिटी र एफसी बार्सिलोनाका पूर्वस्ट्राइकर सर्जियो अग्वेरोले भने बालोन डी’ओर विजेता रोड्रीको बचाउ गरेका छन् ।

उनले रोड्रीको बचाउमा आफ्ना भनाइ राख्दै रियल मड्रिडमाथि प्रहार गरेका छन् ।

एगुएरोले बालोन डी’ओरका लागि रोड्री एकदमै योग्य खेलाडी भएको पनि बताएका छन् । ‘बालोन डी’ओरका लागि रोड्री बिल्कुल योग्य हुन् । उनी विश्वका सर्वश्रेष्ठ खेलाडीमध्ये एक हुन् ।’

एगुएरोले रोड्रीलाई बधाई दिँदा रियललाई भने झापट हानेका छन् । ‘फुटबल केबल रियल मड्रिडको मात्रै होइन, यो त हरेक व्यक्तिका लागि हो । रोड्री बालोन डी’ओरका लागि योग्य थिए, यस पटको बालोन डी’ओरमा उनी पूराका पूरा हकदार थिए ।’

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : ५८ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ