मन्त्री दाहालद्वारा यातायात विभागको अनुगमन « Khabarhub

मन्त्री दाहालद्वारा यातायात विभागको अनुगमन


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन गरेका छन् । 

मन्त्रालयका सचिव केशवकुमार शर्मासहित मन्त्री दाहाल आज अपराह्‍न मीनभवनस्थित विभागको कार्यालय पुगेका हुन् । त्यस क्रममा उनले सेवाग्राहीसँग विभागबाट प्रवाह भइरहेको सेवाका बारेमा जानकारी लिए। 

सेवाग्राहीले छिटोछरितो सेवा प्रवाहको वातावरण बनाइदिन आग्रह गरेका थिए । सेवाग्राहीसँग कुराकानीपछि मन्त्री दाहालले टोकन प्रणाली लागू गरी लाइन नलागेर सेवा लिने प्रबन्ध मिलाउन विभागका महानिर्देशकलगायत सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए। 

उनले डिजिटल सवारी चालक अनुमतिपत्र र इम्बोस्ड नं छपाइका बारेमा पनि जानकारी लिए । विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक चार हजारका दरले चालक अनुमतिपत्र छपाइ भइरहेको जानकारी गराए।

प्रदेशस्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा केही चाप घटेको र डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको उनको भनाइ थियो । 

‘इम्बोस्ड नं जडानलाई थप तीव्र र व्यवस्थित पार्दैछौँ । विद्युतीय सवारी दर्ता प्रणालीलाई देशैभरि कार्यान्वयन गरिने छ । यस्तै नयाँ सडकमा थप रुट निर्धारणका लागि अध्ययन भइरहेको छ’, महानिर्देशक पोखरेलले भने । 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : ५४ बजे

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम