राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार « Khabarhub

राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए) लाई प्रतिबन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गरेका छन् । 

इजरायली संसदले अनुमोदन गरेको उक्त कानुनले राष्ट्रसङ्घीय निकायलाई इजरायलमा सञ्चालनको प्रतिबन्ध लगाई इजरायली अधिकारीसँग सञ्चार तथा समन्वय गर्नबाट रोकेको छ । यसले गाजाका प्रभावित क्षेत्रमा सञ्चालित मानवीय सहायतालगायतको काम समाप्त गर्न सक्छ ।

इजरायल लामो समयदेखि युएनआरडब्लुएसँग मतभेदमा रहेको छ  । गत अक्टोबरमा गाजामा युद्ध सुरु गर्ने हमास हमलामा युएनआरडब्लुए केही कर्मचारीहरू संलग्न रहेको आरोप लगाएको छ । प्रतिबन्ध तीन महिनाभित्र सुरु हुने बताइएको छ ।

पत्रमार्फत गुटेर्रेसले गाजा र वेस्ट बैंकका प्यालेस्टिनीका लागि कानूनले ‘विनाशकारी परिणाम’ निम्त्याउन सक्ने बताउँदै प्रभावितलाई आवश्यक सहायता प्रदान गर्न युएनआरडब्लुएको उचित विकल्प नभएको बताएका छन् । 

गुटेर्रेसले इजरायललाई विनाशकारी परिणाम रोक्न र  युएनआरडब्लुएलाई पूर्वी जेरुसेलम लगायतका प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय कानून अन्तर्गतका दायित्व र गतिविधि जारी राख्न अनुमति दिन आग्रह गरेका छन् ।   

गुटेर्रेसले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कब्जा गर्ने शक्तिले कब्जा गरिएको क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सहयोग गर्ने सहमतिको कार्यान्वयन गर्नुपर्ने तर्कसमेत गरेका छन् ।

इजरायलले प्यालेस्टिनी क्षेत्रका आवश्यकता पूरा गर्ने स्थितिमा नहुँदासम्म युएनआरडब्लुएलगायत अन्य मानवीय निकायमार्फत हुने गतिविधिलाई अनुमति दिने  दायित्व रहेको उल्लेख गरेका छन्।  

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १ : ४२ बजे

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि