तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने | Khabarhub Khabarhub

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । 

तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्‍न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्‍न ३ बजेसम्म अदालत खुला रहनेछ ।’

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ४ : ४७ बजे

सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा

फाइनलमा फेरि चुक्यो नेपाल, बंगलादेशले जित्यो उपाधि

काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि

बंगलादेशले गर्‍यो दोस्रो गोल, नेपाल २–१ ले पछाडि

काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालविरुद्ध बंगलादेशले पुनः

निर्मल पुर्जाको उपहार स्वीकार्दा बालेनलाई गाली, लागेको थियो ‘यौन दुर्व्यवहार’ आरोप

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह समकालीन नेपाली राजनीतिमा

मुख्यसचिव अर्याललाई सफाइ, रवि थुनिँदा रास्वपा एक्लियो, किम जोङका सेना रुस जाँदा अमेरिकालाई तनाव

मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति