रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला, झुटा सूचना फैलाइयो « Khabarhub

रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला, झुटा सूचना फैलाइयो


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएको छ । ह्याकरहरूले दुवै देशका नागरिकलाई विकिरणको खतरा र आणविक आक्रमण हुन सक्ने भन्दै नक्कली चेतावनी सन्देश पठाएका छन् ।

बीबीसीका अनुसार यस्ता गलत सन्देशका कारण केही समय नागरिकमा त्रास फैलिएको थियो ।

रुसको आपतकालीन मन्त्रालयले आफ्नो अलर्ट एपमा ठूलो स्तरको साइबर हमला भएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त आक्रमणमार्फत ह्याकरहरूले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका थिए । यद्यपि, देशको सार्वजनिक आपतकालीन चेतावनी प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

युक्रेनको हवाई आक्रमणसम्बन्धी चेतावनी दिने एपबाट पनि साइबर हमलापछि नक्कली सूचना पठाइएको घटना सार्वजनिक भएको छ ।

युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्सले उक्त साइबर हमलाका लागि रुसलाई जिम्मेवार ठहर्‍याएको छ । संस्थाले सामाजिक सञ्जाल एक्समार्फत युक्रेनको एयर रेड वार्निङ एपमा देखिएका केही नक्कली चेतावनीका तस्बिरसमेत सार्वजनिक गरेको छ ।

दुवै देशका आपतकालीन सूचना प्रणालीलाई लक्षित गरी भएका यी घटनाले युद्धका बेला डिजिटल माध्यमबाट फैलाइने गलत सूचनाको जोखिमलाई पुनः उजागर गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : १६ बजे

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा

परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

 काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन

भद्रपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

कृषिमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, जलवायु वित्त र कोप–३१ को तयारीबारे छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम