वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा, सबैभन्दा बढी कुनको ?  | Khabarhub Khabarhub

वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा, सबैभन्दा बढी कुनको ? 


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गत आर्थिक वर्षको मुनाफाबाट ६ वटा बैंकले लाभांश घोषणा गरेका छन् । अहिलेसम्ममा ७ वटा वाणिज्य र १ वटा विकास बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । 

अहिलेसम्म सार्वजनिक भएको लाभांशमा सबैभन्दा धेरै लाभांश स्ट्यान्डर्ड चार्टर बैंकले घोषणा गरेको छ । यस्तै, सबैभन्दा कम लाभांश घोषण गर्नेमा सिटिजन्स बैंक रहेको छ । यस बैंकले गत वर्षको मुनाफाबाट ४ दशमलव ४१ प्रतिशत मात्रै लाभांश दिने निण गरेको छ ।  निर्णय

यी हुन् लाभांश घोषणा गरेका बैंकहरु :

स्ट्यान्डर्ड चार्टर बैंक : यस बैंकले घोषणा गरेको लाभांश अहिलेसम्म सार्वजनिक भएका लाभांशमध्ये सबैभन्दा बढी हो । यस बैंकले गत वर्षको मुनाफाबाट शेयर धनीहरूलाई २५ दशमलव ५० प्रतिशत दिने घोषण गरेको छ ।

बैंकको कात्तिक १३ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई उक्त लाभांश दिने निणर्य गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जनाएको छ । घोषणा गरेको २५ दशमलव ५० प्रतिशत लाभांशमध्ये १९ प्रतिशत नगद रहेको छ भने ६ दशमलव ५० प्रतिशत बोनस रहेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैक र बैकको आगामी वार्षिक साधारणसभाले  स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन्

एभरेष्ट बैंक : यो बैंक यस वर्ष लाभांश घोषण गर्ने पहिलो बैंक पनि हो । बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निणर्य गरेको हो । भदौ २१ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त लाभांश दिने निर्णय गरेको हो । 

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल रहेको छ । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंक : नाफामा सबैभन्दा पहिलो बैंक रहेको ग्लोबल आइएमई बैंकले पनि यस वर्ष ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  बैंक संचालक समितिको असोज २१ गते बसेको बैंठकले शेयर धनीहरूलाई उक्त लाभांश दिने निणर्य गरेको हो । बैंकले गत वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो । 

ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । यस बैंकले अघिल्लो वर्ष ९ प्रतिशत लाभांश दिएको थियो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने छ । 

सानिमा बैंक : बैंकले यस वर्षलाई ५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५।२६३२ प्रतिशत लाभांश दिने निणर्य गरेको हो । 

यस बैकले अघिल्लो वर्ष भने १४.७० प्रतिशत लाभांश बाँडेको थियो । यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी आवको साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।

प्राइम कमर्सियल बैंक : बैंकले यस पटकलाई ५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको कात्तिक ११ गते बसेको बैठकले शेयरधनीहरुलाई उक्त लाभांश दिने निणर्य गरेको नेप्से मार्फत जानकारी दिएको छ ।

बैंकले कर प्रयोजन सहित ९७ करोड रुपैयाँ बराबरको ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस बैंकले अघिल्लो वर्ष भने लाभांश वितरण गरेको थिएन ।

नबिल बैंक : नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यस बैंकको शेयरहोल्डरले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले यो पटक घोषणा गरेको लाभांश हालसम्मकै न्यून हो । बैंकले अघिल्लो वर्ष ११.५ प्रतिशत नगद र १८.५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।

सिटिजन्स बैंक इन्टरनेशल : बैंकले यस पटकलाई ४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज ७ गते बसेको बैंकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बोनस शेयर घोषणाका लागि बैंकले ५६ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नगद लाभांशका लागि २ करोड ९८ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंक :  विकास बैंकहरुमा एकमात्र विकास बैंक कामना सेवा विकास बैंकले मात्रै लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश दिने भएको छ । 

बैंकको शुक्रबार वसेको संचालक समितिको यो वर्ष आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् । यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ५ : ३६ बजे

इटहरीमा गोली लागेर एक जनाको मृत्यु

सुनसरी- प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको

केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

काठमाडौं – स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौं–  सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक

एजेन्सी– इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र

माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल