निर्मल पुर्जाको उपहार स्वीकार्दा बालेनलाई गाली, लागेको थियो ‘यौन दुर्व्यवहार’ आरोप « Khabarhub

निर्मल पुर्जाको उपहार स्वीकार्दा बालेनलाई गाली, लागेको थियो ‘यौन दुर्व्यवहार’ आरोप


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह समकालीन नेपाली राजनीतिमा कमै गाली खानेमध्येमा पर्छन् । फेसबुक र ट्विटरमा मात्रै २४ लाख बढी फलोअरसहितका उनलाई गरिने कमेन्ट अक्सर प्रशंसा गरिएका नै हुन्छन् ।

तर उनै बालेनले मंगलबार सामाजिक सञ्जाल एक्समा राखेको फोटोसहितको एउटा पोस्टका कारण आलोचना खेप्नु परेको छ ।

कारण थियो, आफूलाई कीर्तिमानी आरोहीका रुपमा चिनाउँदे आएका निर्मल पुर्जा (निम्स) लाई आफ्नो कार्यकक्षमै गरिएको स्वागत । यो स्वागत र भेटघाटको सन्दर्भ पनि हिमआरोहणसँगै जोडिएको थियो ।

इण्डोनेसीयाको कार्सटेन्ज पिरामिड आरोहण गरेर आरोही पुर्जा गत कात्तिक ९ गते नेपाल फर्किए । उनले कार्सटेन्ज पिरामिड आरोहण गरेर नयाँ कीर्तिमान राखेका थिए । कार्सटेन्ज पिरामिड विश्वको सात शिखरमध्ये एक हो। इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर सेभेन समिट च्यालेन्ज पूरा गरेपछि उनी नेपाल फर्किएका थिए ।

दुई वर्ष चार महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचरा अक्सिजनबिना आरोहण गरी उनले यही अक्टोबर २ मा विश्व कीर्तिमान कायम गरेका थिए। त्यसपछि कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिट सबै चुचुर उक्लेर उनी नेपाल फर्किएका थिए ।

त्रिभुवन विमानस्थलबाटै भब्य स्वागत पाएपछि हौसिएका उनै निर्मल पुर्जा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेट्न पुगे । पुर्जासँगको भेटको तस्बिर शाहले मंगलबार सामाजिक सञ्जालमा हालेका थिए ।

पुर्जासँगको तस्बिर एक्समा हाल्दै उनले भनेका थिए, ‘१४ वटा शिखर आरोहण गर्दा प्रयोग गरेको ऐतिहासिक आइस एक्सका लागि दाजु निर्मल पुर्जालाई धन्यवाद !’

आरोप

शाहले पुर्जाबाट आइस एक्स लिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा हालेपछि मेयर भएयता पहिलो पटक चर्को आलोचना खेप्नु परेको छ । आलोचना र विरोधको कारण थियो पुर्जामाथि लागेको यौन दुर्व्यवहारसम्बन्धी पुरानो घटना ।

पुर्जामाथि यौन दुर्व्यवहार जस्तो गम्भीर आरोप लागेको घटनाबारेको समाचार प्रतिष्ठित अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले ३१ मे २०२४ मा प्रकाशित गरेको थियो । जसमा पुर्जाले हिमाल आरोहण गर्ने क्रममा महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको विवरणसहित विस्तृत रिपोर्ट छापिएको थियो ।

त्यसैगरी अर्को विश्वचर्चित पत्रिका इन्डिपेन्डेन्टले पनि यसबारेमा विस्तृत समाचार छापेको थियो । समाचार पढ्न यहाँ क्लिक गर्नुस्

न्यूयोर्क टाइम्सको उक्त रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले आफूमाथि यौन दुव्यर्वहार गरेको आरोप लगाएकी थिइन् ।

उनले डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि नाम उल्लेख नगरी चर्चित आरोहीले आफूलाई दुर्व्यवहार गरेको केही घटनाक्रम लेखेकी थिइन् ।

न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा लोताले आफ्नो पुस्तकमा उल्लेखित व्यक्ति पुर्जा भएको खुलासा गरेकी थिइन् । रिपोर्टमा पुर्जाले होटलको कोठामा लगेर दुर्व्यवहार गरेको स-विस्तार चर्चा गरिएको थियो।

उनले न्यूयोर्क टाइम्ससँग भनेकी थिइन्, ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थाल्यो, मैले महिनावारी भएको छ भन्दा पनि ऊ रोकिएन, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍यायो ।’

उनले त्यसबेला रिपोर्टमा पुर्जा ब्रिटिश सैनिकमा प्रशिक्षण लिएको र बलियो शारीरिक संरचनासहितको व्यक्ति भएकाले आफू निरीह बनेको खुलाएकी थिइन् । त्यहीकारण प्रतिवाद गर्न नसकेको कुरा उनले उल्लेख गरेकी थिइन्। रिपोर्टमा यसबारे पुर्जाले प्रतिक्रिया नदिए पनि उनका वकिल फिलिप केलीले लिखित जवाफसहित आरोप अस्वीकार गरेको उल्लेख थियो ।

रिपोर्टमा लताबाहेक क्यालिफोर्नियाकी डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिबिना पटकपटक चुम्बन गरेको आरोप लगाएकी थिइन् ।

पुर्जाले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइडका रुपमा काम गरेका पुर्जा आफ्नो टेन्टमा आएर दुर्व्यवहार गरेको बताएकी थिइन् । डा. अप्रिलको आरोपबारे पुर्जाका वकिलले अस्वीकार गरेका थिए ।

यी घटनापछि दुवैले महिलाले आफूनाजिका साथीलाई बताएको पनि खुलेको थियो । ती म्यासेजहरू न्यूयोर्क टाइम्सले अध्ययन गर्दा सत्य भेटिएको रिपोर्टमा भनिएको थियो ।

पुर्जा आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्ने गर्थे । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्या जस्ता उच्च घरानाका महिलालाई आरोहणमा सघाएका थिए ।

विश्वका ८ हजारभन्दा अग्ला सबै हिमाल चढेका पुर्जाबारे नेटफ्ल्क्सिले डकुमेन्ट्री पनि बनाएको थियो ।

विरोध

बालेनले उक्त तस्बिर सार्वजनिक गरेपछि उनको चर्को आलोचना भएको छ । यौन दुर्व्यवहार जस्तो गम्भीर आरोप लागेका पुर्जालाई स्वागत गरेर मेयर शाहले आफूहरूको विश्वास गुमाएको गुनासो एक्समा गरिएको छ ।

एक्समा शाहलाई जवाफ दिँदै कुवेर आफूले समर्थन गरे पनि अहिलेको कदमको विरोध गर्ने बताएका छन् । उनले भनेका छन्, ‘एकजना यौन दुर्व्यवहार आरोपीलाई प्रोत्साहन गर्ने तपाईंको कदममा मेरो आपत्तिछ । महिलामाथि हिंसा गर्ने व्यक्तिलाई स्वागत गर्ने तपाईंको कदमको म खुलेर विरोध गर्न बाध्य भएको छु, तपाईंको यो कदमप्रति लाज लाग्नुपर्ने हो’, उनले भनेका छन् ।

त्यसैगरी एकजना सञ्चारकर्मीसमेत रहेका समीरमणि दीक्षितले बालेनको यो कदमलाई डरलाग्दो र गम्भीर भनेका छन् ।

‘भयानक निर्णय, उनीमाथि पक्कै पनि अनुसन्धान हुनुपर्ने हो । निर्मल पुर्जामाथि कयौँ नेपाली र विदेशी महिलालाई यौन हिंसा गरेको आरोप लागेको छ। यौन दुर्व्यवहारको घटना केबल आकस्मिक होइन, उनी कारबाहीका हकदार व्यक्ति हुन् ।’

अर्का एकजना प्रयोगकर्ताले पनि बालेनको अहिलेसम्मका पोस्टमध्ये यो मन नपरेको बताएका छन् । उनले यौन दुर्व्यवहार जस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई आफ्नो कार्यालय र सामाजिक सञ्जालमा स्थान नदिन पनि बालेनलाई भनेका छन् ।

त्यसैगरी सामाजिक सञ्जालका अर्का प्रयोगकर्ताले मेयर शाह वास्तविक संसारको सम्पर्कबाट धेरै पर गएको हुन सक्ने भन्दै व्यंग्य गरेका छन् ।

उनले यदि पुर्जाबारेको समाचार पढेको भए यौन शोषण जस्तो गम्भीर आरोप लागेका व्यक्तिलाई आफ्नो कार्यालय र सामाजिक सञ्जालमा स्थान दिने गल्ती नहुने टिप्पणी गरेका छन् ।

प्रदीप भण्डारीले त मेयर शाहलाई र्‍यापर भन्दै शब्दबाण हानेका छन् । उनले ‘यौन शोषणको आरोपीलाई किन गर्छौ आत्मसाथ ? कस्तो समस्या आइपर्यो,
चाहियो उसकै बन्चरो ? अब हान्ने आफ्नै खुट्टामा, तिमी पनि उसकै कित्तामा? यो यो मिस्टर र्‍याप ! छान्यौ आफैँ दुर्नामको क्याप’, भनेर कटाक्ष गरेका छन् ।

मेयर शाहको यो कदमको सामाजिक सञ्जालमा करिब ९० प्रतिशतले विरोध गरेका छन् भने केही अदालतले पुष्टि नगरेकाले फरक नपर्ने तर्क पनि गरिरहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ८ : १० बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ