फाइनल गुमाएपछि स्तब्ध नेपाल (तस्बिरहरू) « Khabarhub

फाइनल गुमाएपछि स्तब्ध नेपाल (तस्बिरहरू)


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३–१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।

साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बङ्गलादेशसँग दुई पटक पराजित भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६औं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याइन् ।

खेलको ८१ औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बङ्गदेशको पोल्टामा पुग्यो ।

    

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : २२ बजे

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान