स्पेनमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो « Khabarhub

स्पेनमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनमा आएको दशककै ठुलो बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ। बाढीकै कारण पूर्वीय प्रान्त भ्यालेन्सिया अहिले धेरै नै प्रभावित छ।

मंगलबार आएको मुसलधारे वर्षापछिको बाढीका कारण मानिस घरको छतमा बस्न तथा रुख चढ्न बाध्य भएका थिए।

भ्यालेन्सियामा कम्तीमा ९२ जनाको ज्यान गएको छ भने कास्टिलामा २ तथा मालगामा एक बेलायतीको ज्यान गएको हो।

प्रधानमन्त्री पेड्रो साँचेजले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्। साथै उनले संकट बढेको क्षेत्रमा आवश्यक परे राहत सामग्री थप गर्ने बताएका छन्।

बुधबार बिहानदेखि स्पेनको सेना तथा आपत्कालीन उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा सामान ओसार पसार गर्न व्यस्त थिए। बुधबार सुरुमै एक हजार जना सेना तैनाथ गरिए पनि ती मध्येको धेरै जसो बिच बाटोमा नै रोकिएका थिए। युरोपियन युनियनका प्रमुख उरुस्ला भान डेन लियोनले स्पेनमा रहेको उद्धारकर्ताको सहयोगकै लागि कोपरनिकस स्याटलाइट सिस्टमको प्रयोग गर्ने जनाएका हुन्। अन्य युरोपेली छिमेकी देशले पनि अहिले स्पेनका सहयोग गर्नेक्रम जारी रहेको छ।

यो बाढी आउनुमा धेरै कारण भए पनि मूल कारण जलवायु परिवर्तन भएको मानिएको छ।

वैज्ञानिकले पनि तापक्रममा आएको वृद्धिका कारण धेरै पानी बढेको बताएका छन्। औद्योगिक काल भन्दा यता १.१ डिग्री तापक्रम बढेपछि यसले संसारभरी नै समस्या ल्याएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ५ : १६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको