स्पेनमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो « Khabarhub

स्पेनमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – स्पेनमा आएको दशककै ठुलो बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ। बाढीकै कारण पूर्वीय प्रान्त भ्यालेन्सिया अहिले धेरै नै प्रभावित छ।

मंगलबार आएको मुसलधारे वर्षापछिको बाढीका कारण मानिस घरको छतमा बस्न तथा रुख चढ्न बाध्य भएका थिए।

भ्यालेन्सियामा कम्तीमा ९२ जनाको ज्यान गएको छ भने कास्टिलामा २ तथा मालगामा एक बेलायतीको ज्यान गएको हो।

प्रधानमन्त्री पेड्रो साँचेजले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन्। साथै उनले संकट बढेको क्षेत्रमा आवश्यक परे राहत सामग्री थप गर्ने बताएका छन्।

बुधबार बिहानदेखि स्पेनको सेना तथा आपत्कालीन उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा सामान ओसार पसार गर्न व्यस्त थिए। बुधबार सुरुमै एक हजार जना सेना तैनाथ गरिए पनि ती मध्येको धेरै जसो बिच बाटोमा नै रोकिएका थिए। युरोपियन युनियनका प्रमुख उरुस्ला भान डेन लियोनले स्पेनमा रहेको उद्धारकर्ताको सहयोगकै लागि कोपरनिकस स्याटलाइट सिस्टमको प्रयोग गर्ने जनाएका हुन्। अन्य युरोपेली छिमेकी देशले पनि अहिले स्पेनका सहयोग गर्नेक्रम जारी रहेको छ।

यो बाढी आउनुमा धेरै कारण भए पनि मूल कारण जलवायु परिवर्तन भएको मानिएको छ।

वैज्ञानिकले पनि तापक्रममा आएको वृद्धिका कारण धेरै पानी बढेको बताएका छन्। औद्योगिक काल भन्दा यता १.१ डिग्री तापक्रम बढेपछि यसले संसारभरी नै समस्या ल्याएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ५ : १६ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर