अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा | Khabarhub Khabarhub

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ।

रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ।

तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत्गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो।

सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले जानकारी दिए।

तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ। रघुगङ्गा गाउँपालिका-८ को बन्दीमा बाँध, वडा नम्बर-७ को चिमखोलामा विद्युतगृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ।

मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो। दुईवटै आयोजना निर्माणमा १३ अर्बभन्दा बढी लगानी हुने अनुमान गरिएको छ।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा-३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ।

यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१।३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२।५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन्। राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ७ : ३६ बजे

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग

काठमाडौं–  सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल

बन्धक रिहाइको प्रस्तावमा हमास तयार, वार्तामा इच्छुक

एजेन्सी– इजरायल र हमासबीच जारी द्वन्द्वको बीचमा बन्धक रिहाइ र

माओवादीले स्थगित गर्‍यो मध्यपहाडी ‘पुष्पलाल लोकमार्ग’ जनजागरण अभियान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल

जेन-जीको प्रदर्शनको ‘साइड इफेक्ट’: दुवै प्रहरीलाई फिल्ड चुस्ता पोशाकमा तयार रहन निर्देशन

काठमाडौँ- जेन-जी समूहले सोमबारदेखि थालेको प्रदर्शन उग्र र हिंसात्मक हुन

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको