आरसीबीको कप्तान बन्दै विराट कोहली « Khabarhub

आरसीबीको कप्तान बन्दै विराट कोहली


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विराट कोहली आइपीएलमा फेरी कप्तान बन्ने भएका छन् । कोहली आइपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को फेरी कप्तान बन्ने भएका हुन् ।

मिडिया रिपोर्टका अनुसार कोहलीले व्यवस्थापनसँग छलफल गरिसकेका छन् र कप्तानीमा फर्कन तयार भएका छन् ।

कोहलीले ९ सिजन आरसीबीको कप्तानी गरेपछि उनले २०२१ मा कप्तानी छोडेका थिए । यसपछि, २०२२ मा, फाफ डु प्लेसिसले पछिल्लो तीन सिजनको लागि टोलीको जिम्मेवारी लिए । ४० वर्षीय डु प्लेसिसलाई अर्को सिजनको लागि रिटेन गर्ने सम्भावना न्यून भएपछि कोहलीले कप्तानी गर्न अगाडी सरेको बताइएको छ ।

आइपिएलको मेगा अक्सनअघि खेलाडीहरूको रिटेनमेन्टको अन्तिम मिति दिन आज हो । आज साँझ ५ बजेअघि सबै फ्रेन्चाइजीले आफ्ना रिटेन गरिएका खेलाडीको नाम आइपिएल आयोजक समितिलाई पठाउनुपर्ने छ । यो सूचीसँगै कुन खेलाडीले कुन फ्रेन्चाइजसँग खेल्ने भन्ने टुंगो लाग्नेछ।

आरसीबीले अहिलेको टिमबाट कोहली र बलर यश दयाललाई मात्र रिटेन गरेर पुरै नयाँ टिम बनाउने तयारी गरेको बताइएको छ ।

विराट कोहली २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तान थिए । उनको कप्तानीमा, आरसिबी २०१६ मा फाइनलमा पुगेको थियो, सो फाइनलमा आरसिबी सनराइजर्स हैदराबादसँग पराजित भएको थियो । कोहलीले आइपिएलमा १४३ खेलमा कप्तानी गरेका छन्, जसमध्ये उनले ६६ जित र ७० खेलमा हार बेहोरेका छन् ।

पछिल्ला तीन सिजनमा फाफ डु प्लेसिसको कप्तानीमा टोलीले २०२२ र २०२४ मा प्लेअफमा स्थान बनाएको थियो, यद्यपि यसले २०२३ मा प्लेअफ गुमाएको थियो ।

कोहलीलाई आईपीएल २००८ अघि आरसीबीले अनक्याप्ड प्लेयरको रूपमा अनुबन्ध गरेको थियो। त्यसयता उनी लगातार टोलीको हिस्सा बनेका छन् ।

आरसीबीले १७ वर्षमा कोहलीलाई रिलिज गरेको छैन । उनी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ११ : १२ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल