२ करोडमा हिन्दी फिल्म ल्याउँछन्, नेपाली फिल्म बनाउनेलाई च्याँप्छन्: दीपकराज गिरी | Khabarhub Khabarhub

२ करोडमा हिन्दी फिल्म ल्याउँछन्, नेपाली फिल्म बनाउनेलाई च्याँप्छन्: दीपकराज गिरी


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीलाई आफ्नो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ को रिलिज मिति तोक्न निकै सकस भयो । दशैँमा रिलिज हुने भनिएको यो फिल्म अन्ततः दशैँपछि रिलिज हुने भयो ।

निर्माण टिमका अनुसार यो फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । एक हिसाबले यो समय दशैँको रमझम सकिने समय पनि हो ।

यसलाई कतिले भने हिन्दी फिल्म ‘वार’ रिलिज हुने भएपछि नचल्ने डरले फिल्मको रिलिज मिति पछाडि सरेको टिप्पणी गरेका छन् । कतिले दीपकराज गिरी हिन्दी फिल्मसँग डराएको संज्ञा दिएका छन् ।

गिरीले भने आफूहरु हिन्दी फिल्मसँग डराएको नभई नेपाली वितरकसँग डराएको प्रतिक्रिया दिएका छन् ।

‘यहाँ २ करोड तिरेर हिन्दी फिल्म वितरण गर्न ल्याइन्छ, विकास बोर्डदेखि सबैले उनीहरुलाई सम्मान गर्छ, हलवालाको मनोमानीले गर्दा हामीले फिल्म सारेका हौँ,’ खबरहबसँगको कुराकानीमा गिरीले भने, ‘नेपाली सिनेमा बनाएर सबैको हेपाइ खाएजस्तो भएको छ, हामी हलवाला र वितरकसँग जुध्न सक्दैनौँ, तर विदेशी फिल्मसँग जुध्न सक्छौँ ।’

उनले नेपालमा नेपाली फिल्म चलाउन निकै गाह्रो भएको पनि बताए । नेपालमा चलेका ब्यानरलाई पनि फिल्म चलाउन उस्तै सकस भएको उनको भनाइ थियो । ‘नेपाली फिल्म भारतमा सेन्सर हुन ३ महिना लाग्छ तर हिन्दी फिल्म नेपालमा उत्तिखेरै हुन्छ, खै कुन तत्वले काम गरिरहेको छ,’ गिरीले भने ।

साथै उनले हिन्दी फिल्मलाई ‘साँढे’ जस्ता फिल्मको संज्ञा दिए । लगानीका हिसाबले नेपाली फिल्म निकै न्यून बजेटमा बन्ने तर मूलधारका हिन्दी फिल्म महंगो बजेटमा बन्ने गरेकाले तुलना गर्न नसकिने उनले बताए ।

‘अहिले पनि अरु भारतकै अन्य स्थानीय फिल्मका हिसाबले हामी अगाडि छौँ, तर नेपाली हलवालासँग जुध्न सक्दैनौँ,’ उनले भने ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  २ : १६ बजे

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल

रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो

आन्दोलनरत नर्सका माग सम्बोधन गर्न समिति गठन 

काठमाडौं– सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी