प्यान कार्ड लिँदैमा कर तिर्नु पर्दैन– अर्थमन्त्री खतिवडा « Khabarhub

प्यान कार्ड लिँदैमा कर तिर्नु पर्दैन– अर्थमन्त्री खतिवडा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्थायी लेखा नम्बर (प्यान) कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तर्क्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताए ।

देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

‘नागरिकता दिँदा सरकारले कर लिएको छ र तपाईहरु संग ? प्यान लिंदा पनि त्यहि हो । प्यान लिएवापत कर तिर्नुपर्ने कुरा त होइन नि ! प्यान कार्ड भनेको करदाता परिचयपत्र हो,’ अर्थमन्त्री डा खतिवडाले भने ।

अर्थमन्त्री खतिवडाले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाइएको पनि बताए ।

ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मुल्य अभिवृद्धि करको अर्को विकल्प नभएको पनि खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको स्वीकार गरे ।

‘राष्ट्र बैंकले तिब्बत तर्फबाट हुने आयातमा जति मूल्य सटही दिने भन्छ त्यति नै भन्सारमा बिगो कायम हुन्छ । २५ हजार डलर दियो २५ हजार डलरमा नै सामान हुन्छ । ३० हजार डलर दियो ३० हजार डलरकै बराबरको हुन्छ । दिएकै ३० हजार छ त ३५ हजारको उसले के विवरण भरोस् ? समस्या त्यहाँ छ,’ अर्थमन्त्री खतिवडाले भने ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था निजी क्षेत्रका लागि अहिलेकै अवस्थामा मान्य नहुने बताए ।

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाउँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने भएकाले आम उपभोक्तालाई प्रत्यक्ष असर परेकाले मुल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह पनि श्रेष्ठले आग्रह गरे ।

कार्यक्रममा उद्योगी तथा व्यवसायीहरुले करका सम्बन्धमा सरकारले ल्याएको नयाँ व्यवस्थाले व्यवसाय र व्यवसायी दुवैलाई प्रभावित बनाएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ३ : ०६ बजे

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । 

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर