डुडियाँ–तङ्ग्राम–धम्जा सडक : ट्रयाक खुलेको २५ वर्षपछि स्तरोन्नति « Khabarhub

डुडियाँ–तङ्ग्राम–धम्जा सडक : ट्रयाक खुलेको २५ वर्षपछि स्तरोन्नति


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पच्चीस वर्षअगाडि ‘ट्र्याक’ खुलेको सडकको यसै वर्ष स्तरोन्नति गर्न थालिएको हो । स्तरोन्नतिका ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

मध्यपहाडी लोकमार्गको काठेखोलादेखि डुडियाँ–तङ्ग्राम–धम्जा देउरालीसम्मको १८ किलोमिटर सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अमर अधिकारीले जानकारी दिए। 

संघीय सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको ९६ लाख ५३ हजार पाँच सय २३ लागतमा सडक फराकिलो, नाली निर्माण र ग्रोभेलिङ गरिने उनको भनाइ छ । 

साढे दुई दशकसम्म सडक स्तरोन्नति नहुँदा काठेखोलाको वडा नम्बर ३, ४ र ताराखोला गाउँपालिकाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए। दुई वर्षअगाडि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको रु एक करोड लागतमा सडकको विभिन्न खण्डमा काम भएको उनको भनाइ छ । 

उनले भने, ‘सडक खुलेको लामो समय बित्यो, यतिका समयसम्म सडकको स्तरोन्नति नहुँदा नागरिकले सास्ती खेप्नुपरेको थियो, अब सहज हुँदै जानेछ, गाउँपालिकाले सामान्य रुपमा साँघुरो ठाउँमा फराकिलो बनाउने र भत्किएको स्थानमा पर्खाल लगाएर निरन्तर गाडी सञ्चालन हुने गराउँदै आएका थियौँ, अब पक्की नालीसहित ग्राभेलिङ हुनेछ, जसले यातायातका साधन चल्न समस्या हुनेछैन ।’ 

काठेखोला–४ का स्थानीय प्रेमबहादुर पुनले सदरमुकाम नजिकको गाउँ जोड्ने सडक अहिलेसम्म स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको बताए। हिउँदमा धुलो उडाउँदै गाडी चले पनि बर्खाको सडक सञ्चालन नहुने उनको भनाइ छ । उनले वर्षौंदेखि तङ्ग्राम र धम्जाका स्थानीय धुलो र हिलोमा सास्ती खेप्दै यात्रा गरेको स्मरण गरे। 

स्थानीय कुलबहादुर विकले बर्खाको समयमा गाउँमा कोही अपरझट बिरामी परे ढोकोमा बोकेर अस्पताल लैजानुको विकल्प नभएको सुनाए। बर्खाका झन्डै तीन महिना पहिरोले सडक बन्द हुँदै बजार जोड्ने मुख्य सडक स्तरोन्नतिपछि यात्रा गर्न र सामान ढुवानीमा सहज हुने उनले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ४ : ५६ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक