इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र  | Khabarhub Khabarhub

इन्डोनेसियाको समुद्री तटमा ९० रोहिङ्ग्या शरणार्थी अलपत्र 


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी इन्डोनेसियाको समुद्री तटमा बालबालिकासहित दर्जनौँ रोहिङ्ग्या शरणार्थी फसेको तथा उनीहरू नजिकै छ जनाको शव फेला परेको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।

उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू जीवन बचाउनका लागि प्रत्येक वर्ष लामो र खतरापूर्ण समुद्री यात्रा तय गरी मलेसिया तथा इन्डोनेसिया पुग्ने आशामा डुङ्गाको यात्रा गर्ने गर्छन ।  

आचेह प्रान्तको समुद्री तटबाट करिब एक सय मिटर टाढा बिहीबार बिहानै शरणार्थीहरूलाई छाडिएको पूर्वी आचेहका ग्रामीण अधिकारी सैफुल अन्वरले बताए।

उनका अनुसार उक्त समूहमा ४६ महिला, ३७ जना पुरुष र सात जना बालबालिका थिए भने दुई वटा शव किनारमा र चारवटा समुद्रमा तैरिरहेका थिए ।

स्थानीय बासिन्दाहरूबाट प्राप्त जानकारी अनुसार यी शरणार्थीहरूलाई बिहान चार बजेतिर एउटा डुङ्गाले ल्याएर छोडेको थियो । आठ जना बिरामी शरणार्थीलाई उपचारका लागि अस्पताल लगिएको  छ । 

पूर्वी आचेहका कार्यवाहक प्रमुख जिल्ला अधिकारी अमरुल्लाह एम रिधाले पत्रकारहरूलाई अधिकारीहरूले उनीहरूलाई आश्रय नदिएसम्म शरणार्थीहरूलाई समुद्र तटमा तम्बुहरूमा राखिने बताए ।  

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले शरणार्थी आगमन बारे थाहा भएको जनाए पनि थप जानकारी दिन नसक्ने बताएको छ ।  

आचेहका कार्यवाहक गभर्नर सफरिजलले पत्रकारहरूलाई ‘मानव बेचबिखन माफिया गतिविधि’ पछिल्लो शरणार्थी आगमनका लागि जिम्मेवार रहेको बताए।  

यस महिना पश्चिमी इन्डोनेसियामा आगमन गर्ने यो तेस्रो शरणार्थी समूह हो । एक सय ५० भन्दा बढी शरणार्थी आचेहमा र अन्य एक सय ४० जना उत्तरी सुमात्रा प्रान्तमा आइसकेका छन् ।

युएनएचसि आरका अनुसार सन् २०२३ जनवरीदेखि २०२४ मार्चको बीचमा दुई हजार पाँच सय रोहिङ्ग्या डुङ्गामार्फत आचेहमा आएका थिए । 

पछिल्लो समयमा मुस्लिम जातीय समूहले म्यान्मामा उत्पीडनको सामना गरिरहेको अवस्थामा धेरैले सैन्य दमनबाट भागी छिमेकी बङ्लादेशको शरणार्थी शिविरमा शरण लिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ५ : १० बजे

भारतमा आँधीका कारण विद्यालय बन्द

एजेन्सी – भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण

दुई करोड ४३ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न

गुल्मी – दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट

एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो चौका

विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्स बलिङमा

काठमाडौं– राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग

शिशाजन्य बोत्तल व्यवस्थापन गर्न मझुवागढी नगरपालिकाको आग्रह

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा