तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा, प्रेस काउन्सिलले कडाइ गर्दै  « Khabarhub

तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा, प्रेस काउन्सिलले कडाइ गर्दै 


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गरेका छन् । पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उनले बताए।

शुक्रबारदेखि विविध मातृभाषामा समाचार दिन थालेको एक अनलाइनलाई शुभकामना दिने क्रममा अध्यक्ष बस्नेतले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्ने सुझाव राखे । 

 ‘आजको डिजिटल दुनियाँमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भएमात्र पत्रकारिता फस्टाउँछ । समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ,’ उनले भने’, तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको छ । यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो छ । अबको पत्रकारिताको धार यसतर्फ केन्द्रित हुनैपर्छ ।’

प्रेस काउन्सिलले तीन महिना यता रचनात्मक र समाधानमुखी पत्रकारितालाई सबै समाचार कक्षमा लागू गराउन विशेष अभियान थालेको छ ।

मिडियाको दुरुपयोग गर्दै आधारहीन, अश्लील र एकपक्षीय सामाग्री प्रकाशन गर्ने युट्युबसहित विभिन्न माध्यममाथि कडा निगरानी गर्दै आएको छ ।

काउन्सिलले युट्युब व्यवस्थापनसम्बन्धी बेग्लै कार्यविधि बनाई नियमन गर्दै आएको छ । दशैं अघि मात्रै काउन्सिलले ४३ वटा युट्युबलाई कारवाही गरेको थियो ।

 कुशल अधिवक्ता समेत रहेका अध्यक्ष बस्नेत नेतृत्वको काउन्सिलले थालेको यो काम दक्षिण एशियामै पहिलो उदाहरण हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ७ : ०० बजे

पानीको वुथबाट पिउनका लागि मात्र पानी लिन महानगरको आग्रह

काठमाडौं- महावौद्धमा राखिएको निःशुल्क वाटर बुथमा एक जना व्यक्ति आए

कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिकालाई रास्वपाका सांसद खरेलले भने ‘डी’ ग्रेडको

काठमाडौं– नेपालको प्रचलित कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिका राजधानी दैनिकको

जेसीबी नेपालद्वारा पोखरामा १२ निर्माण उपकरण हस्तान्तरण

पोखरा– जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो

स्मार्ट टेलिकम प्रकरणबारे जगदीश खरेल भन्छन्- आरोप पुष्टि भए राजनीति छोडिदिन्छु

काठमाडौं– पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकम

पार्टीले दुई वर्षसम्म विधान दिएन, महाधिवेशन गर्न नसकेपछि पद छाडेँ : दुजाङ शेर्पा

काठमाडौं– नेपाली कांग्रेसका १३ भ्रातृ संस्था मध्येको नेपाल विद्यार्थी संघ