आईपिएलका रिटेन खेलाडीमा बटलर अटाएनन् « Khabarhub

आईपिएलका रिटेन खेलाडीमा बटलर अटाएनन्


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग आइपिएल (आइपिएल)का लागि खेलाडी रिटेन भइसकेका छन्। यसक्रममा सन् २०२४ देखि आइपिएलमा रहेका जोस बटलर सो टोलीमा रहनका लागि अक्सनसम्म पर्खनु पर्ने भएको छ।

सन् २०२४ मा टोलीमा सहभागी भएका १० वटै टोलीका लागि ६ खेलाडी रिटेन गर्न पाउने अधिकार थियो। विदेशी खेलाडीमध्ये सबैभन्दा धेरै मूल्यमा रिटेन हुने दक्षिण अफ्रिकाका हेन्रिक क्लासेन हुनु उनलाई सनराइजर्स हैदरावादले २३ करोड भारतीय रुरुपैयाँमा रिटेन गरेको हो।

रिटेन हुने अन्य विदेशी खेलाडीमा सनराइजर्स हैदरावादमा अस्ट्रेलियाका कप्तान प्याट कुमिन्स र ट्रेभिस हेड छन्। अफगानिस्तानका लेग स्पिनर रसिद खान गुजरात टाइटानमा यथावतै छन्।

लखनउ सुपर जेन्ट्सले वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलास पूरणलाई यथावतै राखेको छ। कोलकाता नाइट राइडर्समा आन्द्रे रसेल र सुनिल नारायण यथावतै छन्।

मुम्बई इन्डियन्सले जसप्रित बुमराह, सूर्यकुमार यादव, हार्दिक पाण्डे, रोहित शर्मा, तिलक बर्मालाई रिटेन गरेको छ। चेन्नाइ सुपर किङ्सले ऋतुराज गाइक्वाड, मथिसा पाथिराना, शिवं दुवे, रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीलाई रिटेन गरेको छ। यसैगरी, रोयल च्यालेन्जर बंगलोरले विराट कोहली, रजत पाटीदर र यश दयाललाई रिटेन गरेको छ।

दिल्ली क्यापिटलले अक्षर पटेल, कुलदिप यादव ट्रिस्ट्रियत स्टब्स र अभिषेक पोरेललाई रिटेन गरेको छ। साबिक विजेता कोलकाता नाइटराइडर्सले रसेलका अलावा रिंकु सिंह, वरुण चक्रवर्ती, हर्षित राना र रमनदिप सिंह छन्।

लखनउमा पूरणको अलावा रबी विस्नोई, मायक यादव,मोसिन खान र आयुश बडानी छन्। हैदरावादमा अभिषेक शर्मा र नितिश रेड्डी पनि रिटेन भएका छन्।

गुजरातमा खानका अलावा सुभमन गिल, साई सुदर्शन, राहुल टेबटिया र साहरुख खान रिटेन भए। पन्जाब किङ्समा शशाङ्क सिंह र प्रभ्सिमरण सिंह मात्र रिटेन भए। राजस्थानले सञ्जु सामसन, यशस्वी जयसवाल, रियान पराग, ध्रब जिरेल, सिम्रन हटमायर र सन्दीप शर्मालाई रिटेन गरेको छ। हरेक टोलीसँग ६ खेलाडी रिटेनको अधिकार थियो।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ०३ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना