आईपिएलका रिटेन खेलाडीमा बटलर अटाएनन् | Khabarhub Khabarhub

आईपिएलका रिटेन खेलाडीमा बटलर अटाएनन्


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग आइपिएल (आइपिएल)का लागि खेलाडी रिटेन भइसकेका छन्। यसक्रममा सन् २०२४ देखि आइपिएलमा रहेका जोस बटलर सो टोलीमा रहनका लागि अक्सनसम्म पर्खनु पर्ने भएको छ।

सन् २०२४ मा टोलीमा सहभागी भएका १० वटै टोलीका लागि ६ खेलाडी रिटेन गर्न पाउने अधिकार थियो। विदेशी खेलाडीमध्ये सबैभन्दा धेरै मूल्यमा रिटेन हुने दक्षिण अफ्रिकाका हेन्रिक क्लासेन हुनु उनलाई सनराइजर्स हैदरावादले २३ करोड भारतीय रुरुपैयाँमा रिटेन गरेको हो।

रिटेन हुने अन्य विदेशी खेलाडीमा सनराइजर्स हैदरावादमा अस्ट्रेलियाका कप्तान प्याट कुमिन्स र ट्रेभिस हेड छन्। अफगानिस्तानका लेग स्पिनर रसिद खान गुजरात टाइटानमा यथावतै छन्।

लखनउ सुपर जेन्ट्सले वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलास पूरणलाई यथावतै राखेको छ। कोलकाता नाइट राइडर्समा आन्द्रे रसेल र सुनिल नारायण यथावतै छन्।

मुम्बई इन्डियन्सले जसप्रित बुमराह, सूर्यकुमार यादव, हार्दिक पाण्डे, रोहित शर्मा, तिलक बर्मालाई रिटेन गरेको छ। चेन्नाइ सुपर किङ्सले ऋतुराज गाइक्वाड, मथिसा पाथिराना, शिवं दुवे, रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीलाई रिटेन गरेको छ। यसैगरी, रोयल च्यालेन्जर बंगलोरले विराट कोहली, रजत पाटीदर र यश दयाललाई रिटेन गरेको छ।

दिल्ली क्यापिटलले अक्षर पटेल, कुलदिप यादव ट्रिस्ट्रियत स्टब्स र अभिषेक पोरेललाई रिटेन गरेको छ। साबिक विजेता कोलकाता नाइटराइडर्सले रसेलका अलावा रिंकु सिंह, वरुण चक्रवर्ती, हर्षित राना र रमनदिप सिंह छन्।

लखनउमा पूरणको अलावा रबी विस्नोई, मायक यादव,मोसिन खान र आयुश बडानी छन्। हैदरावादमा अभिषेक शर्मा र नितिश रेड्डी पनि रिटेन भएका छन्।

गुजरातमा खानका अलावा सुभमन गिल, साई सुदर्शन, राहुल टेबटिया र साहरुख खान रिटेन भए। पन्जाब किङ्समा शशाङ्क सिंह र प्रभ्सिमरण सिंह मात्र रिटेन भए। राजस्थानले सञ्जु सामसन, यशस्वी जयसवाल, रियान पराग, ध्रब जिरेल, सिम्रन हटमायर र सन्दीप शर्मालाई रिटेन गरेको छ। हरेक टोलीसँग ६ खेलाडी रिटेनको अधिकार थियो।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ०३ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन– रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी– सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद

काठमाडौं महानगरले भन्यो : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नू

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूचना सार्वजनिक गर्दै सात दिनभित्र अतिक्रमित