इच्छाकामनामा चिस्यान केन्द्र निर्माण « Khabarhub

इच्छाकामनामा चिस्यान केन्द्र निर्माण


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुग्लिनइच्छाकामना गाउँपालिकाले २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ। कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो।

चिस्यान केन्द्र अभावमा किसानले सस्तोमा सागसब्जी तथा फलफूल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले केन्द्र निर्माण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

किसानको माग र आवश्यकताका आधारमा भविष्यमा पनि चिस्यान केन्द्र निर्माण गर्ने उनले बताए । 

अध्यक्ष गुरुङका अनुसार कृषिजन्य उत्पादनको संकलन तथा बिक्रीका लागि कृषि भवन निर्माण गरिएको हो । उक्त भवनमा स्थानीय दुईवटा कृषि सहकारी र कृषि समूहसँग सहकार्य गरेर सागसब्जी बिक्रीको व्यवस्था मिलाइएको छ । सो स्थानमा केन्द्र निर्माण भएको हो ।

निकट भविष्यमा सहकारीमार्फत किसानलाई बीउबिजन मल र आवश्यक औजार सुपथ मूल्यमा उपलब्ध गराइने अध्यक्ष गुरुङले बताए। कृषि भवनमा कोसेलीघर पनि सञ्चालन गरिने भएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ४८ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको