ट्रम्पका राजनीतिक सल्लाहकारको फोनमा चिनियाँ ह्याकरको पहुँच « Khabarhub

ट्रम्पका राजनीतिक सल्लाहकारको फोनमा चिनियाँ ह्याकरको पहुँच


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपतीय निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका राजनीतिक सल्लाहकारको फोन ह्याक भएको छ । चिनियाँ ह्याकरले ट्रम्पका राजनीतिक सल्लाहकारको फोन ह्याक गरेको वाशिंटन पोस्टले जनाएको छ ।

ती राजनीतिक सल्लाहकारको नाम भने खुलाइएको छैन । यसअघि ट्रम्प र उनका उपराष्ट्रपति प्रत्याशी जेडी भान्ससहित विभिन्न राजनीतिक व्यक्तित्वको फोनलाई निशाना बनाइएको अमेरिकी सञ्चार माध्यममा समाचार सार्वजनिक भएको थियो । उनीहरूले प्रयोग गर्ने भेरिजनको फोन प्रणालीलाई लक्षित गरी अनुचित पहुँच पुर्याउने प्रयास भएको समाचारमा जनाइएको थियो ।

अमेरिकी संघीय जाँचबुझ निकाय एफबीआई र साइबर सुरक्षा एवम् पूर्वाधार सुरक्षा निकायले चीनसँग आबद्ध भएका व्यक्तिहरूले व्यवसायिक दूरसञ्चार पूर्वाधारमा अनुचित पहुँच पुर्‍याउने प्रयास गरेको उल्लेख गरेको थिए । यद्यपि ती निकायले ट्रम्पको चुनावी अभियानलाई लक्षित गरी त्यसो गरिएको जनाएका थिएनन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चिनियाँ ह्याकरले डेमोक्र्याटिक उम्मेदवार एवम् उपराष्ट्रपति कमला ह्यारिससँग आबद्ध व्यक्तित्वको फोनलाई पनि निशाना बनाएको जनाएको छ ।

ती ह्याकरहरुले ट्रम्पका  राजनीतिक सल्लाहकारको टेलिफोन श्रव्य सामग्री र टेक्स्ट म्यासेजमा पनि पहुँच पुर्‍याएको वाशिंटन पोस्टले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : ३३ बजे

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको