बंगलादेशमा हसिनाको संकट झन् बढ्दो, गठबन्धन दलको कार्यालयमा तोडफोडपछि आगजनी | Khabarhub Khabarhub

बंगलादेशमा हसिनाको संकट झन् बढ्दो, गठबन्धन दलको कार्यालयमा तोडफोडपछि आगजनी


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि पनि तनाव कम भएको छैन ।

त्यहाँ उनी नेतृत्वको गठबन्धन दलमाथि संकट झन् झन् बढ्दो छ । हसिनाको पार्टी अवामी लिग र गठबन्धन दलका नेताहरू अन्तरिम सरकार आएपछि पनि आक्रमणमा परिरहेका छन् ।

यसैबीच ढाकास्थित राष्ट्रिय जातीय पार्टीको केन्द्रीय कार्यालयलाई पनि प्रदर्शनकारीले निशाना बनाएका छन् ।

उनीहरूले पहिले कार्यालयमा तोडफोड र त्यसपछि आगजनी गरेको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।

बंगलादेशमा १५ वर्ष शासन गर्ने शेख हसिनाको पार्टीले यस वर्ष अगस्टमा विद्यार्थी आन्दोलनको सामना गर्नुपरेको थियो । जसका कारण हसिना सत्ताबाट हटेर हाल भारतको शरणमा छिन् ।

बंगलादेश सन् १९७१ मा स्वतन्त्र भएको थियो । बंगलादेशमा स्वतन्त्रतादेखि नै आरक्षण प्रणाली लागू छ।

यसअन्तर्गत स्वतन्त्रता सेनानीका सन्तानलाई ३० प्रतिशत, पिछडिएका जिल्लाका युवालाई १० प्रतिशत, महिलालाई १० प्रतिशत, अल्पसंख्यकलाई ५ प्रतिशत र अपाङ्गता भएकालाई एक प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । यसरी बंगलादेशमा सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण थियो ।

सन् २०१८ मा, बंगलादेशका युवाहरूले यस आरक्षणको विरोधमा प्रदर्शन गरे। केही महिनाको आन्दोलनपछि बंगलादेश सरकारले आरक्षण अन्त्य गरेको घोषणा गरेको छ ।

गत जुन ५ मा, बंगलादेशको सर्वोच्च अदालतले देशमा पुरानो आरक्षण प्रणाली पुन: लागू गर्न आदेश दिएको थियो ।

शेख हसिना सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध अपिल पनि गरेको थियो तर सर्वोच्चले उक्त आदेशलाई कायम राखेको थियो ।

यसबाट विद्यार्थीहरु आक्रोशित भएर विरोध गरिरहेका छन् । बंगलादेशका विश्वविद्यालयहरूबाट सुरु भएको यो विरोध हिंसामा परिणत भयो ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १२ : ३८ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा