रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै « Khabarhub

रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै


१६ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएको छ । नेवारी समुदायको कला संस्कृतिको जगेर्ना गर्न नेवाः समाज रामपुर पाल्पाले भवन निर्माणको थालनी गरेको हो ।

रामपुर नगरपालिका–४ स्थित गैराबारीमा करिब एक रोपनी क्षेत्रफलमा तीनतले भवनसहितको सङ्ग्रहालय निर्माण सुरु गरिएको नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बताए । नयाँ पुस्तालाई पुराना मौलिक कला संस्कृतिबारे अवगत गराउन सङ्ग्रहालय बनाउन थालिएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

सङ्ग्रहालय निर्माणका लागि सङघीय र प्रदेश सरकारबाट रकम विनियोजन भएको छ । दुई चरणमा गरेर संरचना निर्माणको काम सक्ने योजनाका साथ निर्माणको काम अघि बढाइएको छ ।

पहिलो चरणमा सङ्घीय सरकारबाट विनियोजन भएको रु १८ लाख र जनश्रमदान गरी २१ लाख १७ हजार चार सय ९६ रुपैयाँ बराबरको रकमबाट भवन निर्माण हुनेछ भने दोस्रो चरणमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित  २५ लाख रुपैयाँको काम ठेक्काबाट हुने नेवाः समाजका सचिव विमल श्रेष्ठले जानकारी दिए ।

चालु आर्थिक वर्षमा  ४६ लाख १७ हजार चार सय ९६ रुपैयाँ बराबरको रकमबाट काम हुने बताइएको छ ।

परम्परागत रूपमा चलनचल्तीमा आएका कला, संस्कृतिलाई लोप हुन नदिन नेवाः समाजले गरेको यस कार्यले नयाँ पुस्ताले आफ्नो संस्कृतिबारे धेरै जानकारी पाउनेछन् ।

यहाँ निर्माण हुन लागेको सङ्ग्रहालयमा नेवार समुदायको मात्र नभई अन्य जातजाति, समुदायमा प्रचलित संस्कृतिलाई समावेश गरेर राख्ने समाजले जनाएको छ । पहिलो तलामा सभा हल, दोस्रो तलामा सङ्ग्रहालय र तेस्रो तलामा कार्यालय भवन रहनेछ ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालयले रामपुरको सांस्कृतिक पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए  ।

भवनको शिलान्यास प्रदेशसभा सदस्य श्रेष्ठले गरेका हुन्। रामपुरमा रहेका नेवाः समुदायले आफ्नो मौलिक संस्कृति जोगाउने अभियानमा जुटेको छ । यस आयोजनाबाट सात सय जना लाभान्वित हुने समाजले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ५ : ०८ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको