रविविरुद्ध कञ्चनपुर जिल्ला अदातलमा मुद्दा दायर « Khabarhub

रविविरुद्ध कञ्चनपुर जिल्ला अदातलमा मुद्दा दायर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको छ ।

अदालतको मानहानी गरेको आरोपमा लामिछानेमाथि उजुरी परेको हो ।

निर्मला पन्त बलात्कारपछि भएको हत्यामा प्रमाण नष्ट गरेको आरोपमा निलम्बनमा रहेका प्रहरी नायव उपरीक्षक(डीएसपी) अंगुर जिसीलाई टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता लिएको र अदालतले निर्दोष सावित गरेका दिलिपसिंह विष्टलाई दोषी किटान गरी अदालतको मानहानी गरेको आरोपमा दिलिपका दाजू खड्क विष्टले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेका हुन् ।

केही सात अघि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा निर्मला प्रकरणबारे कार्यक्रम सञ्चालन गरेका थिए । जहाँ उनले कञ्चनपुरका पत्रकार खेम भण्डारी र निलम्बित डीएसपी जिसीलाई राखेर कार्यक्रम सञ्चालन गरेका थिए ।

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकष्ण अवस्थीले अदालतको मानहानी भएको भन्ने आरोपमा जाहरी परेको र आगामी सोमवार उक्त निवेदन न्यायधीश समक्ष पेश हुने बताए ।

टेलिभिजन प्रस्तोता लामिछाने पूर्व सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त हुन् । उनी विरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनको मुद्दा चलिरहेको छ । लामिछाने गत आइतवार पाँच लाख धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ५ : १८ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन