कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा | Khabarhub Khabarhub

कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।  

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पुजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । 

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सँधै प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा रक्षाबन्धनको डोरो पनि बाँधिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ३ : ०० बजे

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा

पोखरामा कुटपिटबाट एकको मृत्यु

कास्की– पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९

सरकारलाई नैनसिंह महरको प्रश्न- तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

छठ पर्वले बजारमा केराको माग बढ्यो

धनुषा– छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा