‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात « Khabarhub

‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ ले पहिलो दिन शानदार कमाई गरेको छ । शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका हुन् ।

बलिउड फिल्म विश्लेषक तरण आदर्शका अनुसार सिंघम अगेनले पहिलो दिन ४३ करोड ७० लाख कमाई गरेको छ भने भुल भुलैया-३ ले ३६ करोड ६० लाख कमाई गरेको छ ।

त्यस्तै सिंघम अगेन अजय देवगनको क्यारियरमा रिलिजको पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । उनको यसअघि रिलिज भएको सिंघम रिटर्नले पहिलो दिन ३२.०९ करोड कमाई गरेको थियो ।

त्यसैगरी भुल भुलैया-३ कार्तिक आर्यनका फिल्मले रिलिजको पहिलो दिन गरेको यो अहिलेसम्मकै उच्च कमाई हो । यस अघि उनको भुल भुलैया-२ ले पहिलो दिन १४.११ करोड कमाई गरेको थियो ।

सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया-३ अनिस बज्मीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : १४ बजे

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु

भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी बेपत्ता

काठमाडौं– परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग